१६ साउन,काठमाण्डौ ।
वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान निर्वाचन आयोगमा दर्ता भएको छ ।निर्वाचन आयोगको साउन १२ गतेको निर्णयानुसार दल दर्ताको प्रमाणपत्र दिइएको हो ।राजनैतिक दल दर्ता नम्बर १९० रहेको पार्टीलाई राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ बमोजिम प्रमाणपत्र दिइएको सचिव गोकर्णमणि दुवाडीले जनकारी दिए ।पार्टीको चुनाव चिह्न दुई रेखा भएको अर्ध कोलाकारभित्र सुकेका धानका तीन बाला रहनेछ भने हसियाँ र हथौडासहितको झण्डा हुनेछ ।पार्टीलाई एक महिनाभित्र ढाँचा बमोजिमको विधान पेश गर्न आयोगले निर्देशन दिएको छ ।