१६ साउन, एजेन्सी ।
फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) सर्वाधिक ११ पटक सुपर कपको उपाधि जित्ने क्बल बनेको छ । गएराती इजरायलमा भएको खेलमा स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा पिएसजीले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन)को उपाधि ११ औं पटक जित्यो ।
१० खेलाडीमा समेटिएको लिग वान प्रतिद्धन्द्धी नान्टेसमाथि ४–० को शानदार जित निकाल्दै पिएसजी च्याम्पियन बनेको हो । पिएसजीलाई उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले एक–एक गोल गरे ।
खेलको २२ औँ मिनेटमा मेसीले गोल गरी पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै नेयमारले अग्रता दोब्बर पारे । ५७ औँ मिनेटमा रामोसले गोल गर्दै पिएसजीलाई ३–० ले अगाडि बढाए । ८२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेयमारले पिएसजीलाई सानदार जित दिलाए ।
गत सिजनको उपविजेता पिएसजीले सर्वाधिक ११ पटक उपाधि जितेको हो । पिएसजी गत सिजन मार्सेसँग पराजित भएको थियो । त्यसअघि पिएसजी २०१३ देखि २०२० सम्म लगातार च्याम्पियन बनेको थियो ।
नान्टेस पाँचपटक फाइनलमा प्रवेश गर्दा तीनपटक च्याम्पियन बनेको छ । फ्रान्समा नयाँ सिजन शुरु हुनुअघि फ्रेन्च लिग च्याम्पियन र कप डि फ्रान्स च्याम्पियनबीच वार्षिक रुपमा सुपर कप खेल्ने प्रावधान छ ।