×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

तिब्र गतिका धाबक बोल्टको म्यान्चेस्टर युनाइटेडबाट खेल्ने सपना साकार होला ?

५ भाद्र २०७५

गसफोर्ड, भदौ ५
विश्वकै सर्वाधिक तिब्र गतिका धाबक उसैन बोल्टको म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने सपना पूरा होला जस्तो छ । यी प्रतिभाशाली धाबक बोल्ट अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स क्बलमा आबद्ध भई पहिलो पटक तालिममा सहभागी भएका छन् ।

हिउँदको हल्का चिसो मौसम भएपनि ग्लोब र ट्राकसुटमा सजिएका यी जमैकाली खेलाडीले मैदानमा पहिलो अभ्यास गरेका छन् । अस्ट्रेलियाको ए–लीगमा रहेको म्यारिनर्स टीमले बोल्टलाई अनुबन्ध गरेको छ ।उनको बल नियन्त्रण कला राम्रै देखियो, र उनले देब्रे खुट्टा बढी चलाएको पाइयो ।

Advertisement
Advertisement

“यो एथ्लेटिक्सको ट्राक एन्ड फिल्डजस्तै हो । पहिलो दिनको तालिम जोसुकैलाई कडा नै हुने गर्दछ । कति मिहेनत गर्नुपर्ला भन्ने त बिस्तारै थाहा हुन्छ । थाहा छ, मलाई ठीकै लाग्यो,” ४५ मिनेटको अभ्यासपछि बोल्टले भने ।

मङ्गलबार मात्र ३२औं जन्मदिन मनाएका यी सुपरस्टार एथ्लेटिक्स खेलाडीलाई म्यारिनर्सले अवसर दिएको थियो । बोल्टले यसअघि गत वर्ष नै जर्मनी, नर्बे र दक्षिण अफ्रिकी टीममा रहेर फूटबल खेल्ने अभिरुची देखाएका थिए र सम्भव भएको थिएन ।

अक्टोबरको अन्त्यतिर शुरु हुने २०१८÷१९ को सिजनमा ए–लीगको एक खेलाडीका रुपमा बोल्टले सहभागिता जनाउनेछन् । उनी आफूले चाहँदासम्म क्लबमै रहन सक्नेछन् ।

सिड्नीबाट ७५ किलोमिटर उत्तरमा रहेको गोस्फोर्ड सहरसम्म ७० भन्दा बढी पत्रकारहरुको टोली बोल्टको तालिम र नयाँ जीवनको रिपोर्टिङ गर्न पुगेको थियो । आठ पटकका ओलम्पिक च्याम्पियन र पृथ्वीकै सबैभन्दा तिब्र गतिका धावक बोल्टले आफूले केही नौलो गरेर देखाउने बताए र भने, “ममाथि शङ्का गर्नेलाई गलत प्रमाणित गरिदिन्छु । मैले अहिल्यै कुनै लक्ष्य तोकेको छैन, र मेरो ध्यान केबल फूटबलमा छ ।”

बोल्टले सन् २००८ को बेइजिङ ओलम्पिकमा पहिलोपटक दुईवटा स्वर्ण पदक जितेका थिए । त्यसपछि उनले छ वटा ओलम्पिक स्वर्ण पदक जिते र ११ वटा अन्तर्राष्ट्रिय उपाधि जिते । त्यसपछि एथ्लेटिक्सबाट सन्यास लिए र फूटबल खेल्ने इच्छा देखाए ।

उनको फूटबलप्रतिको मोह स्कुल पढ्दादेखिकै हो, र त्यतिखेर उनी गोलरक्षक हुन्थे । पछि उनी स्ट्राइकरको भूमिकामा पनि देखिन थाले । म्यारिनर्समा पनि उनी अगाडिको पंक्तिबाटै खेल्न चाहन्छन् । बिजुली चम्केझैं दौडिन सक्ने बोल्टलाई प्रशिक्षकले मैदानको कुन क्षेत्रबाट खेलाउने हुन् त्यो भने उनलाई पनि थाहा छैन ।

“मलाई त मैदानको दायाँबायाँ ठीक लाग्छ,” प्रशिक्षक माइक मल्भीसँगै रहेका बोल्टले बताए । प्रशिक्षक मल्भीले बोल्ट केही आत्तिएको बताउँदै भने, “यो त उनको पहिलो दिन हो । उनी विश्वकै राम्रा एथ्लेटिक्स खेलाडी हुन् र उनी यहाँ आउँदा हामी औधी खुशी छौं ।”

Advertisement
Advertisement

सबैको चाहना राम्रो फूटबल खेलाडी हुने, र ओल्ड ट्राफोर्ड (म्यान्चेस्टर युनाइटेड) मा खेल्ने हुन्छ । “मैले पनि ठूलै कुरा प्राप्त गर्ने सपना बुनिरहेको हुन्छ,” उनले बताए । “मेरो एउटा सबैभन्दा ठूलो सपना नै म्यान्चेस्टर युनाइटेडबाट खेल्नु हो, चाहे त्यो पाँच होस् वा एक खेल किनभने म म्यान्यूको ठूलो समर्थक (फ्यान) हुँ ।”
रासस÷एफपी

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top