प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सहित पत्नी र राजनीतिक सल्लाहकार लाई कोरोना सङ्क्रमण

Share this
746shares

१७ साउन, विराटनगर ।

Advertisement

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना सङ्क्रमण भएको छ।सोमबार परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए।

मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत गरी १६ जनाको स्वाब परीक्षण गरिएको थियो।पिसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना संक्रमण देखिएको थियो।मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top