जापान पुगेर प्रचण्डले बोले यस्तो झुट

२० साउन ७९, शनिबार

२१ साउन ,काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापान पुगेर त्यहाँका पूर्वप्रधानमन्त्री शिन्जो आवेका बारेमा झुट बोलेका छन् । स्वयं पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड हाल जापान भ्रमणमा छन् । शनिबार विहान जापानको नारिता विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई सम्झिँदै उनीसँग भेट्ने इच्छा भने पूरा नभएको बताए । जापानका पूर्वप्रधानमन्त्री ६७ वर्षीय आबेको गत महिना गोली हानेर हत्या भएको थियो ।

उनलाई सम्झिदै प्रचण्डले आबेको निधनअघि विभिन्न रुपमा आफ्नो सम्पर्क र कुराकानीमा हुने गरेको दाबी गरे । उनले भने, ‘जापान आउने निर्णय भइसकेपछि मेरो इच्छा के थियो भने, आबे जो पूर्वप्रधानमन्त्री, उहाँलाई भेट्ने भनेर मिलाउन कोशिस गरिरहेको थिएँ’, ‘जापानको राजदूतसँग नेपालमा दूतावासमार्फत कुराकानी भइरहेको थियो । किनकी पूर्वपधानन्त्रीको हैसियतले उहाँ नेपाल भ्रमण गर्दा मसँग दुई तिन पटक कुराकानी भएको थियो । असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो, एक अर्काप्रति इन्टर्क्यासन(अन्तरक्रिया) राम्रो भएको थियो ।’

तर प्रचण्डले भनेजस्तो जापानका पूर्वप्रधानमन्त्री आबेले नेपाल भ्रमण गरेका थिएनन् । नेपालस्थित जापानी दूतावासका अनुसार आबेले नेपाल भ्रमण गरेका छैनन् । सन् २००० को अगस्टमा जापानका प्रधानमन्त्री योसिरो मोरीले नेपाल भ्रमण गरेका थिए । जापानी प्रधानमन्त्री नेपाल आएको यो एकमात्र घटना हो । त्यसपछि भने जापानका दुई जना परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गरेका छन् । पछिल्लो पटक सन् २०१९ को जनवरीमा जापानी परराष्ट्रमन्त्री तारा कोनोले नेपाल भ्रमण गरेका थिए ।

तर सिन्जो आबे नेपाल भ्रमणमा आउँदा आफूसँग २÷३ पटक कुराकानी भएको प्रचण्डले दाबी गरेपछि उनको आलोचना सुरु भएको छ । आबे अहिलेसम्म नेपाल भ्रमणमा नआएको खुलेसँगै प्रचण्डले जापान पुगेर झुटो बोलेको भन्दै आलोचना भएको हो । यस्तै पत्रकारहरुसंग कुरा गर्दै उनले जापानमा नेपालीहरुको स्थिति बुझ्न आफू आएको पनि प्रतिक्रिया दिए । ५ दिने भ्रमणका लागि जापान पुगेका जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिबल फुकुओकाको उद्घाटन गरेका छन् ।

त्यसैगरी अगस्ट ६ मा हिरोसिमामा घटना भएको ७५ वर्ष पूरा हुने ऐतिहासिक क्षेत्रमा आइतबार प्रचण्डले भ्रमण गर्नेछन् । सोही दिन नै नेपाली जनप्रगतिशील मञ्च (जापान) को आयोजनामा टोकियोमा हुने नेपालीबीच ‘समृद्ध नेपालको आधार  आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक खुला अन्तरक्रियामा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । जापानमा रहँदा प्रचण्डले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम छ ।

आधुनिक कृषि प्रणालीको विकासबारे समेत फिल्डमै पुगेर हेर्ने समेत कार्यक्रम रहेको बताइएको छ । आफ्नो जापान भ्रमणले नेपाल–जापान सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्ने र नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबीच विश्वास र सहकार्य बढ्ने विश्वास प्रचण्डले लिएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top