×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

फ्रेन्च लिग वानमा मेसीले देखाए जादु

२२ श्रावण २०७९

२२ साउन, एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्यो । पिएसजीको जितमा लियोनल मेसीले दुई, नेयमार, अचरफ हाकिमी र मार्किन्होसले एक–एक गोल गरे ।

खेलको नौँ मिनेटमा नेयमारले गोल गरी पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि हाकिमीले २६ औँ मिनेटमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । मार्किन्होसले ३८ औँ मिनेटमा गोल गरी पिएसजीलाई ३–० ले अगाडि बढाए । मेसीले ८० र ८६ औँ मिनेटमा गोल गरी पिएसजीलाई सानदार जित दिलाए । मेसीले हिजो गरेको दोस्रो गोलको भने अहिले विश्वभरबाट प्रशंसा भइरहेको छ ।

Advertisement
Advertisement

उनले बाइसाइकल किकबाट गरेको आकर्षक गोलले यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेको छ । उनको यो गोलमा विपक्षी टीमका समर्थकले समेत मेसीको नाममा हुटिङ गरेका थिए । साथीले हावामा पास दिएको बललाई छातीले रोकेर मेस्सीले बाइसाइकल किक हान्दै आफ्नो पछाडि रहेको गोलपोष्टमा छिराएका थिए । जसको सुईको समेत गोलकिपरले पाउन सकेनन् ।

उनले बाइसाइकल किकबाट गोल गर्दा स्टेडियमभित्र मेसी मेसी को नारा गुञ्जिएको थियो । क्लेयरमन्टका समर्थकहरुले समेत उठेर मेसीको समर्थनमा ताली बजाए । क्लेयरमन्टको अफिसियल ट्विटर एकाउन्टमा ‘ह्वाट अ गोल बाइ मेसी’ भन्दै भिडियो पोष्ट गरिएको थियो । खेलपछि पीएसजीका प्रमुख प्रशिक्षक क्रिस्टोफे गाल्टियरले भने, ‘मेसीसँग एकदमै तेजिलो दिमाग र स्पष्ट रणनीति छ । उनले आफूलाई कहाँ राख्ने भनेर छिट्टै थाहा पाउँछन् ।

Advertisement
Advertisement

आफू वरिपरि विपक्षी खेलाडीले घेरेको उनलाई मनपर्छ । जब मेसी मुस्काउँछन्, सिंगो टीम मुस्काउँछ ।’ यो जितसँगै पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन । हिजोको खेलमा ग्रोइन इन्ज्युरीका कारण फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे भने टोलीमा थिएनन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top