अपहरणकारीबाट उद्धार गरिएका बालकलाई आफन्तको जिम्मा

५ भदौ ७५, बुधबार

कैलाली, भदौ ५
अपहरणकारीबाट सकुशल उद्धार गरिएका पाँच वर्षीय बालक खेमन चौधरी (छेमाङ) लाई प्रहरीले आज आफन्तको जिम्मा लगाइएको छ ।उद्धार गरिएका बालक चौधरीलाई बुबा बालकृष्ण चौधरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

कैलाली कैलारी गाउँपालिका–६ का पाँच वर्र्षीय बालक चौधरीलाई गोदावरी नगरपालिका लालपुरहरैयाका बिर्जु चौधरीले अपरहण गरेको झण्डै १० घण्टापछि दाङ्गको भालुवाङबाट सकुशल उद्धार गरेको प्रहरी उपरीक्षक घिमिरेले बताए।

अपरहरणकारीले बालकलाई मोटरसाइलकमा लैजाँदै गर्दा प्रहरीले उनलाई समेत पक्राउ गरेको थियो ।कैलारी गाउँपालिकास्थित स्थानीय आदर्श मावि परिसरबाट सोमबार बिहान ८ः१५ बजेतिर बालक खेमन अपहरणमा परेको बताइएको छ ।

Advertisement

अपहरणकारी चौधरीमाथि अपहरण तथा शरीर बन्धक ऐनअन्तर्गत कारवाही अघि बढाइएको जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top