×

NEPAL TIMES UPDATES

Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026

चीनमा भेटियो नयाँ हेनिपा भाइरस, न खोप न औषधि, के छन् लक्षण ?

२५ श्रावण २०७९

२५ साउन,एजेन्सी ।

चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसबाट अझै विश्व त्रस्त रहेका बेला चीनमा फेरि नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । नयाँ भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनामा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ ।

Advertisement
Advertisement

यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बिन्धत रहेको यस भाइरसको अध्ययनमा भाग लिने स्वास्थ्य अधिकारीहरुले बताएका छन् । सङ्क्रमित भएका उनीहरु जनावरको सम्पर्कमा रहेका भनिएको छ । यो सङ्क्रमण जनावरबाटै सरेको हुन सक्ने अनुमान गरिएको छ । संक्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् ।

ल्यान्ग्या हेनिपाभाइरससमेत भनिने हेनिपाभाइरसको अहिलेसम्म कुनै खोप वा औषधि बनेको छैन । यो संक्रमणबाट अहिलेसम्म चीनम ३५ जना संक्रमित भएको जनाइएको छ । सङ्क्रमितहरुलाई मिल्दोजुल्दो रोगको औषधिमार्फत उपचार गरिने बताइएको छ । प्रतिवेदनमा सान्डोङ र हेनानमा लाङ्ग्या हेनिपा भाइरसको संक्रमणका ३५ मध्ये २६ जनामा ज्वरो, चिडचिडापन, खोकी, एनोरेक्सिया, माइल्जिया, टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिएको छ ।

यो भाइरसको लागि हाल कुनै खोप वा उपचार नभएकाले संक्रमितको लागि सहायक हेरचाह नै उपचार र यसबाट बच्ने उपाय भएको अधिकारीहरुले बताएका छन् । अहिले आत्तिनुपर्ने अवस्था नरहेको विज्ञहरुको भनाइ छ तर यसलाई हल्का रुपमा लिनु पनि उचित हुने छैन् ।

अहिले विश्वभर महामारीको स्वरूप लिएको कोभिड १९ सर्वप्रथम चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको मानिन्छ । सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ५९ करोडभन्दा धेरै संक्रमित भएका छन् भने ६४ लाख ४२ हजारबढिको मृत्यु भईसकेको छ ।

Advertisement

अहिले पनि धेरै मुलुकहरुमा कोरोनाको नयाँ भेरियन्टसहित संक्रमणको नयाँ लहर देखिएको छ । नेपालमा पनि अबको दुई हप्तापछि कोरोना सङ्क्रमण दर उच्च विन्दुमा पुग्ने त्यसपछि क्रमशः कम हुँदै जाने स्वास्थ्य मन्त्रालयले प्रक्षेपण गरेको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top