×

NEPAL TIMES UPDATES

Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026

अल्मुताइरीले एन्फालाई दिए यस्तो धम्की पत्र, २६ खेलाडीलाई डाक्नु

२५ श्रावण २०७९

२५ साउन, काठमाण्डौ ।

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी फेरि एक पटक अखिल नेपाल फुटबल संघ एन्फामाथि खनिएका छन् । अल्मुताइरीले एन्फाका केही पदाधिकारीहरुले आफूविरुद्ध गलत प्रचार गरिरहेको र सम्झौता भएसम्म आफू नेपालको प्रशिक्षक रहने जनाएका छन् । उनले सम्झौता पालना नभए एन्फाविरुद्ध फिफा र एएफसीमा जाने पनि चेतावनी दिएका छन् ।

Advertisement
Advertisement

मंगलबार विज्ञप्ति निकालेर उनले आफूविरुद्ध झुटा समाचार फैलाइरहेको आरोप लगाएका हुन् । उनले नेपालको बलियो राष्ट्रिय टोली निर्माणको लागि पूर्ण प्रयास गरेको पनि दाबी गरेका छन् । अल्मुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानबिन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार एन्फाले उनलाई स्पष्टीकरण माग गर्दै पत्र लेखेको थियो ।

तर, छुट्टीमा रहेका अलमुताइरीले एन्फाले पठाएको पत्रको जवाफ नदिएको भन्ने समाचारहरु प्रकाशित भएको थियो । प्रशिक्षक अलमुताइरीले एन्फाले स्पष्टीकरण सोधेको पत्र आफूले हिजो प्राप्त गरेको र वकिलसँग सल्लाह गरेर जवाफ दिने उल्लेख गरेका छन् । एन्फा महासचिव किरण राईले साउन २० गते अल्मुताइरीको विकल्प खोज्नका लागि कतार फुटबल संघ र अल्मुताइरी स्वयमंलाई पत्र काटेको बताएका थिए ।

तर, अल्मुताइरीले साउन २४ गते साँझमात्र अन्तर्राष्ट्रिय विभाग प्रमुखबाट प्रश्नसहित पत्र प्राप्त भएको बताएका छन् । त्यसअघि अल्मुताइरीले साउन २३ गते एन्फा महासचिवलाई नेपालको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबारेमा पत्र लेखेको बताएका छन् ।

त्यतिबेला आफूलाई एन्फाबाट कुनै पत्र नआएको बताएका छन् । यस्तै अल्मुताइरीले नेपालमा प्रशिक्षणलाई निरन्तरता दृढ इच्छा व्यक्ति गर्दै लेखेका छन्, ‘‘एन्फाको स्रोतलाई उद्धृत गर्दै महासचिवले पठाएको प्रश्नको जवाफ नदिएर आफूले चाहेको कुरा पठाएको समाचार पढेको छु । म यस्तो निराधार रिपोर्टिङको घोर भर्सना गर्दछु । नेपालको बलियो राष्ट्रिय टोली निर्माण गर्न मैले सधैँ आफ्नो पूर्ण प्रयास गरेको छु र मेरो सम्झौताको समय नसकिदाँसम्म निरन्तरता दिने दृढ इच्छा छ ।’’ ‘‘त्यसबाहेक, फिफाको खेलाडीको स्थिति र स्थानान्तरण २०२२ को नियमले प्रशिक्षकको रोजगारीका नियमसँग सम्बन्धित मामिलामा पनि सम्बन्ध राख्छ । जुन एन्फाले पनि पालना गर्नुपर्छ । मैले सुरुदेखि नै ‘टास्क फोर्स’ गठनको वैधानिकतामाथि प्रश्न उठाएको छु । यद्यपि, म राम्रो होस भनेर मौन रहेँ,’’ अल्मुताइरीले थपेका छन्, ‘‘मेरो वकिलको उचित सल्लाहपछि मात्र पत्र र त्यसका प्रश्नहरूको जवाफ दिनेछु ।’’

यस्तै अल्मुताइरीले २६ खेलाडीलाई प्रशिक्षणमा डाक्न पनि एन्फालाई पत्राचार गरेका छन् । अल्मुताइरीले भदौ २५ गतेबाट प्रशिक्षण सुरु गर्ने र त्यसका लागि आवश्यक प्रबन्ध मिलाइदिन महासचिव किरण राईमार्फत एन्फासँग आग्रह गरेका छन् । अल्मुताइरीले जेठमा कुवेतमा एसियन कप छनोट खेल्दाका २० खेलाडी र थप ६ गरि २६ खेलाडी प्रशिक्षणमा बोलाइदिन आग्रह गरेको बुझिएको छ ।

Advertisement

एसियन कप छनोट खेल्दा टोलीमा रहेका सन्तोष तामाङ र कुवेतविरुद्ध गोल गरेको दर्शन गुरुङ अष्ट्रेलिया पुगिसकेका छन् । एसियन कप छनोटमा रहेका यू २० का कप्तान आयुष घलानलाई अल्मुताइरीले बोलाएका छैनन् । अष्ट्रेलियामै रहेका जगजित श्रेष्ठसहित आफैले वैशाखमा क्याम्पबाट निकालेका अन्जन विष्ट, तेज तामाङसहित दिनेश हेम्जन र मनीष मगरलाई प्रशिक्षणमा बोलाउन अल्मुताइरीले आग्रह गरेका छन् । कुवेतमा एसियन कप छनोट खेलेपछि ३ महिनाको विदामा अल्मुताइरी उतै बस्दै आएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top