खाली खुट्टा दाङदेखि पैदल यात्रामा निस्किएका झनक २१ दिनमा काठमाडौं पुगे

२६ साउन,काठमाण्डौ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ का युवा तथा नेपाली कांग्रेस तुलसीपुर उपमहानगरका उपसचिव झनक बस्नेत २१ दिन लामो पैदल यात्रापछि काठमाडौं पुगेका छन्।बस्नेतले बिहीबार काठमाडौंस्थित पशुपतिनाथ पुगेर यात्रा विसर्जन गरेका थिए।

बस्नेतले साउन ४ गतेदेखि दाङको अन्तिम सीमाना कोहलपुर– सुर्खेत सडक खण्डमा पर्ने बबई नदी किनारबाट उनी खाली खुट्टा पैदल यात्रामा निस्किएका थिए।आफ्नो यात्रा नेपाली कांग्रसका स्वर्गीय नेता खुमबहादुर खड्काप्रति समर्पित रहेको यात्रा प्रारम्भको क्रममा बस्नेतले बताएका थिए।

यात्रा समापनका अवसरमा पूर्वमन्त्री रामचन्द्र अधिकारी, नेता सुशीलमान शेरचन र संविधानसभा सदस्य बुद्धिराम भण्डारी पशुपतिनाथ मन्दिरमा पुगेर बस्नेतलाई बधाई दिएका थिए।बस्नेतले अर्को अभियानका बारेमा भविष्यमा सामाजिक सञ्जालमार्फत् अवगत गराउने जानकारी पनि दिएका छन्।यात्राका क्रममा विभिन्न स्थानमा स्वागत, सम्मान गर्नेदेखि शुभकामना दिने र सहयोग गर्ने सबैप्रति बस्नेतले धन्यवाद ज्ञापन गरेका छन्।

Scroll to Top