राजपामा २९ महासचिव, पार्टी कार्यालयमा पदाधिकारी बस्ने समेत छैन

काठमाडौं ः इतिहासकै शक्तिशालि मानिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा १ जना मात्रै महासचिव रहेका बेला संसदको तस्रो ठूलो दल राजपाले साढे दुई दर्जन नेतालाई महासचिव बनाएको छ ।

सो पार्टीको केन्द्रीय समिति ८ सय १५ जनाको छ । अध्यक्ष मण्डलमा एक जना संयोजक रहने व्यवस्था छ, राजपामा अध्यक्ष मण्डलका ५ जना सदस्य छन् ।पदाधिकारी संख्या धेरै भएपछि पार्टी कार्यालय सँघुरो भएको बताउँदै महासचिव केशव झाले भने, ‘पदाधिकारी संख्या केही ठूलो भएको हो, महाधिवेशनपछि कार्यसमिति चुस्त हुन्छ ।’

बबरमहलमा रहेको नेपाल मधेसी निजामति कर्मचारी मञ्चको कार्यालयमा पार्टीको काम कारबाही हुँदै आएको छ ।कार्यालयमा संयोजक महन्थ ठाकुरको एउटा कोठा छ, बाँकी अध्यक्ष मण्डलका सदस्यले पनि १÷१ कोठा पाएका छन् ।

Advertisement

महासचिवलाई एउटै कोठमा धेरै कुर्सी राखिएको छ र अध्यक्ष मण्डललाई कसैले संयुक्त, भेट गर्न चाहे अर्को कोठा छुट्याइएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top