×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

एमाले मुख्यालय आउन बालेनलाई योगेशको प्रस्ताव

२९ श्रावण २०७९

२९ साउन,काठमाण्डौ ।

गत जेठ १६ गते काठमाडौं महानगरपालिकाको प्रमुखको पदका लागि सपथ लिदै गर्दा मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताएका थिए । तर अढाई महिना हुन लाग्दासम्म फोहोरको दीर्घकालिन व्यवस्थापनको कुरा त धेरै परको कुरा दिनहुँ उठ्नु पर्ने फोहोरसमेत नउठेपछि बालेन चौतर्फी आलोचनाको घेरामा पर्न थालेका छन् ।

Advertisement
Advertisement

एकातिर काठमाडौंका वडाध्यक्षहरुले बालेनलाई घेरेका छन् भने अर्कातिर राजनीतिक दलहरुले स्वतन्त्रको हविगत यस्तै हुन्छ भनेर बालेनलाई खुच्चिङ भन्न थालेका छन् । काठमाडौंमा भइरहेको यो फोहोरको राजनीतिले एकातिर बालेन निशानामा परेका छन् भने अर्कातिर राजधानी झनै दुर्घन्दित बन्न पुगेको छ ।

शनिवार रातभर परेको पानीका कारण काठमाण्डौको सडकमा फोहर असरल्ल छरिएको छ । झरीसँगै सडकमा बगेको भेलले फोहर बगाएर यत्रतत्र छरिएको छ । जताततै फोहरले दुर्गन्ध बढेको छ । काठमाण्डौ महानगरपालिकाले अब नियमित रुपमा फोहर उठ्ने बताए पनि सडकमा थुप्रिएको र छरिएको फोहर कसरी र कहिलेसम्म व्यवस्थापन हुन्छ भन्ने टुङ्गो छैन ।

यसैबीच मेयर बालेन्द्र शाहले आजदेखि दैनिक २५० देखि ३५० फोहोरका गाडी बन्चरेडाँडामा पुग्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शाहले शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको र कुनै अवरोध नभए आजदेखि दैनिक रूपमा २५० देखि ३५० फोहोरका गाडी बन्चरेडाँडा पुग्ने बताएका हुन् । उनले सिसडोलको दुरावस्था बन्चरेडाँडामा दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

उनले लेखेका छन्,’हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरावश्था बञ्चरेमा दोहोर्याउने छैनौँ। थुप्रिएका फोहोरहरुको व्यवस्थापन नभइ अन्य विकल्पहरुमा जानु व्यवहारिकरुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौँ।’

बन्चरेडाँडामा अज्ञात समूहले फोहोर बोकेका गाडी र डोजरमा तोडफोड गरेपछि केही दिनयता काठमाडौंको फोहोर उठाइएको थिएन । बालेनले फोहोर व्यवस्थापनमा अवरोधको कुरा उठाइरहँदा यता एमाले नेता तथा सासंद योगेश भट्टराईले फोहोर व्यवस्थापन गर्न एमालेसँग भिजन भएको बताएका छन् ।

उनले आइतबार संसदमा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई एमालेसँग फोहोर व्यवस्थापनको भिजन भएको भन्दै सँगै काम गर्न आग्रह गरेका गरे । यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास रहेको र अहिले ७१ दिन भइसक्दा पनि फोहोर नउठेको भन्दै उनले सरकारको आलोचना समेत गरे । फोहोर व्यवस्थापन गर्न सरकारको क्षमता नभएको भन्दै एमालेसँग मिलेर काम गर्न उनले बालेनलाई आग्रह गरेका हुन् ।

‘म काठमाडौंका मेयर बालेन शाहलाई भन्न चाहन्छु। आउनुस– ठोस् प्रस्तावसहित नेकपा एमालेसँग त्यो भिजन छ, त्यो दृष्टिकोण छ । नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ,’ उनले भने, ‘यदी तपाई सरकारको भरपर्नुभयो भने तपाई असफल हुने निश्चित छ । काठमाडौंको बरबादी हुनेछ । सांस्कृतिक सहर काठमाडौंलाई सबै मिलेर रक्षा गरौं ।’ काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारका रुपमा बालेनले जितेपनि एमालेकी सुनिता डंगोलले सबैभन्दा धेरै ६८ हजार ६१२ मत सहित उपमेयर बनेकी हुन् । लौरो चुनाव चह्न लिएर मेयर बनेका बालेनले ६१ हजार ७६७ मत ल्याएका थिए ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top