संसदमा पेश गरिएको बीमा विधेयक ४ वर्षपछि पारित

२९ साउन ७९, आइतबार
Share this
738shares

२९ साउन, काठमाडौं ।

Advertisement

संघीय संसद प्रतिनिधि सभाको बैंठकले बीमा विधेयक–२०७९ पारित गरेको छ । आइतबारको प्रतिनिधिसभा बैंठकबाट बीमा विधेयक–२०७९ बहुमतले पारित भएको हो । २७ असार २०७५ मा संसदमो पेश भएको विधेयक ४ वर्षपछि पारित भएको हो ।प्रतिनिधिसभा बैंठकमा प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले पेश गरेको विधेयकको संशोधन प्रस्ताव सहितको प्रतिवेदन पनि पारित गरेको छ ।

संसदमा विधेयकको संशोधन प्रस्तावमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिंदै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा ऐन–२०७४ को कुनै पनि व्यवस्थालाई हस्तक्षेप नगरेको बताए ।यस्तै उनले ग्रामीण क्षेत्रम बीमा पहुँच विस्तार गर्न ऐनले लघुबीमा कम्पनी खोल्ने परिकल्पना पनि गरेको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top