कोरम नपुगेपछी आजको प्रतिनिधि सभा बैठक स्थगित

२९ साउन ७९, आइतबार
Share this
737shares

२९ साउन ,काठमाडौं ।

Advertisement

प्रतिनिधि सभाको आजको बैठक कोरम नपुगेर स्थगित भएको छ।सार्वजनिक ऋण विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव भए पनि कोरम पुगेको थिएन।कोरम पुग्न ६९ जना सांसद चाहिन्छ।तर बैठकमा ६७ जना मात्रै सांसद भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

तर पुनस् बैठक सञ्चालन गरे पनि कोरम नपुगेपछि फेरि स्थगित गरिएको छ।साउन ३१ गतेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख सापकोटाले बताएका छन्।नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले आज दुई विधेयक पारित भएको बताए।

Advertisement

‘दुई विधेयक पारित हुँदासम्म सांसदहरू हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यसपछि कोरम पुगेन। यसको अर्थ सांसदहरूलाई चुनाव लागिसक्यो।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top