×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

रसुवास्थित सान्जेन जलविद्युतको साइट कार्यालयमा तोडफोड र आगजनी

२९ श्रावण २०७९

२९ साउन, काठमाडौं ।

सान्जेन जलविद्युत कम्पनीको रसुवास्थित साइट कार्यालयमा तोडफोड भएको छ । रसुवामा बनिरहेका सान्जेन ९४२।५ मेगावाट र माथिल्लो सान्जेन ९१४।८ मेगावाट आयोजना हेर्ने कार्यालयमा गत्लाङ क्षेत्रका स्थानीयले आइतबार दिउँसो तोडफोड र आगजनी गरेका हुन् ।कम्पनीका एक अधिकारीका अनुसार सेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका केही स्थानीयले कार्यालयभित्रै पसेर तोडफोड गरेका हुन् ।

Advertisement
Advertisement

करिब ७०(८० जनाको समूहमा आएका स्थानीय रसुवाले पाउने १० प्रतिशत सयरमध्ये अतिप्रभावितका रुपमा आफूहरुलाई अग्राधिकार नदिएको भन्दै कर्मचारीमाथि पनि हातपात गरेका छन् ।कार्यालयको गाडीमा ढुंगाले हानेर क्षति पुर्‍याइएको छ । उनीहरुले कार्यकक्षभित्रै पसेर ‘वर्किङ चेम्बर’ भत्काइदिएका छन् । आन्दोलनकारीले कार्यालयका कुर्सी जलाएका छन् । कार्यालयका विभिन्न संरचनाहरु भत्काइदिएका छन् ।

२९ माघ, २०७६मा नै रसुवाका स्थानीयलाई दिने सेयरबारे समझदारी भएको थियो । तर, गत्लाङका स्थानीयले माथिल्लो तटीय क्षेत्र भन्दै आफूहरुलाई कम सेयर दिन खोजिएको भन्दै विरोध गरिरहेका थिए ।तर, अहिले पुरानो सहमतिअनुसार प्रक्रिया पुरा गरेर सेयर निष्कासन गरेपछि गत्लाङ क्षेत्रका स्थानीयले असन्तुष्टि पोखिरहेका थिए ।

‘धम्की आइरहेको थियो, हामीले प्रहरी र प्रशासनसँग सुरक्षाका लागि सहयोग मागेको धेरै दिन भयो,’ आयोजनाका एक अधिकारीले भने,’चुनाव लागेकाले प्रशासन यस्तो अराजक समूहप्रति नरम देखिएको छ । हामी ज्यादै असुरक्षित भयौं ।’सान्जेनले २०६८ को मंसिरमा र माथिल्लो सान्जेनले २०६९को भदौमा उत्पादन अनुमतिपत्र पाएको थियो । ३५ वर्ष लाइसेन्समध्ये करीब ११ वर्ष निर्माणमै गुज्रिसकेको छ ।

Advertisement
Advertisement

माथिल्लो सान्जेन २०७४ को साउनसम्म र सान्जेन २०७५ को माघसम्ममा निर्माण सम्पन्न गरी विद्युत उत्पादन शुरु गर्ने लक्ष्यका साथ काम शुरु गरिएको थियो । तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकिएपछि सान्जेन ९माथिल्लो०को आर्थिक वर्ष २०७७र०७८ को अन्त्यसम्म र सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७८र०७९ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य तय गरिएको थियो ।तर, आयोजनाहरु बल्ल निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top