ताइवानमा आगो लगाउन फेरि गयो अमेरिकी टोली

३० साउन, एजेन्सी ।

अमेरिकी प्रतिनिधि सभाकी समाभुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको १२ दिनपछि अमेरिकाको कंग्रेसको एक प्रतिनिधिमण्डल अचानक ताइवान पुगेको छ । पेलोसीको छोटो र विवादास्पद भ्रमणले क्रुद्ध बनेको चीन अझै मथ्थर नभईसकेको अवस्थामा त्यही आक्रोशलाई अझ उचाईमा पुर्याउन अमेरिकी संसदको टोली ताइवान पुगेको छ । न्यान्सीको भ्रमणपछि आक्रोशित बनेको चीनले ताइवानको वरपरका जलीय क्षेत्रमा व्यापक सैनिक अभ्यास गरेको थियो ।

ताइवानको राजधानी ताइपेइस्थित वासिङटनको दि फ्याक्टो दूतावासले पाँच सदस्यीय कंग्रेस टोलीको भ्रमण सोमबारसम्म रहने जनाएको छ । बेइजिङले स्वशासित टापु राष्ट्र ताइवानलाई आफ्नै प्रान्तबाट टुक्रिएको भूभागको रूपमा लिने गरेको छ । साथै चीनले ताइवान चीनमा गाभिनु अनिवार्य रहेको बताउँदै आएको छ । आइतबार ताइवानको विदेश मन्त्रालयले अमेरिकी कंग्रेस टोलीका सदस्यहरूलाई विमानस्थलमा स्वागत गर्दै गरेको तस्बिर सार्वजनिक गरेको छ ।

Advertisement

ताइवानस्थित अमेरिकी दूतावासले एक विज्ञप्ति मार्फत जनाएको छ, “हिन्द–प्रशान्त क्षेत्रको बृहत् भ्रमण कार्यक्रमको एक हिस्सा स्वरूप यो टोली ताइवान पुगेको हो । यो टोलीको नेतृत्व डेमोक्रेटिक सिनेटर एड मर्कीले गरेका छन् । यस टोलीले क्षेत्रीय सुरक्षा, व्यापार र लगानी लगायत विषयमा छलफल गर्नुका साथै ताइवानी नेताहरूसँग पनि भेटघाट गर्नेछ ।”

सोमबार यस टोलीले ताइवानी राष्ट्रपति साइ इङ–वेनसंग भेटवार्ता गर्नेछ । साइको कार्यालयले अमेरिकाको यस दोश्रो उच्च स्तरीय भ्रमणले अमेरिकाको ताइवानप्रतिको बलियो समर्थनको संकेत गरेको जनाएको छ । यद्यपि अमेरिकाले ताइवानलाई औपचारिक रूपमा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको मान्यता दिएको छैन ।

Advertisement

अमेरिकी सांसदहरू ताइवान पुगेपछि चीन फेरि आगो भएको छ । चिनियाँ मिडियाका अनुसार उसको सेनाले ताइवानको वरिपरि कडा सैन्य अभ्यास सुरु गर्न सक्नेछ । चीनले २२ वटा लडाकु विमान र ६ युद्धपोत पठाएको छ ।

चीनको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सले सैन्य स्रोतलाई उद्धृत गर्दै भनेको छ, ’चिनियाँ सेना पीएलएको पूर्वी थिएटर कमाण्डले ताइपेईमा पुगेका अमेरिकी सांसदहरूलाई उचित जवाफ दिन ताइवान वरपरको जल र वायुमा बलियो र शक्तिशाली सैन्य अपरेशन सुरु गर्न सक्छ।’ ग्लोबल टाइम्सले चीनले यी अमेरिकी सांसदहरू विरुद्ध निश्चित रूपमा प्रतिबन्ध समेत लगाउनेछ। यसअघि न्यान्सीको भ्रमणपछि स्वेतपत्र जारी गर्दै चीनले कुनैपनि हालतमा ताइवान आफ्नो भूमिमा ल्याई छाड्ने चेतावनी दिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top