बालेनले भने फोहोरको रासमा कुहिएको राजनीति नगर्नु

३० साउन, काठमाडौं ।
सिसडोल–बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले काठमाडौं उपत्यकाको फोहोरमाथिको अवरोध र आन्दोलन फिर्ता लिएका छन् । मन्त्रिपरिषद्को निर्णय निर्देशन र सहरी विकास मन्त्रालयले कार्यान्वयन गर्न दुई महनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता लिएका हुन् । यसका लागि मन्त्रालयका पदाधिकारीहरूले प्राविधिक टोलीसँग संयुक्त हस्ताक्षर गरेका छन् ।

दुबै ल्याण्डफिल साइटका स्थानीयले भदौ १ गतेदेखि सधैँका लागि उपत्यकाको फोहोर ढुवानी बन्द गर्ने घोषणा गरेका थिए । मन्त्रालयको निर्णयसँगै तत्काल आन्दोलन फिर्ता लिएको बञ्चरेडाँडा ल्यण्डफिलसाइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समिति धादिङ–नुवाकोटका संयोजक श्रीराम ढुंगानाले बताएका छन् ।

उनले सिसडोल–बञ्चरेडाँडा ल्यण्डफिल साइट प्रभावित कोल्पुखोला आधारक्षेत्रका नागरिकको जिउधन र वातावरण रक्षाको लागि सरकारले ऐतिहासिक निर्णय गरेको प्रतिक्रिया दिएका छन् । मन्त्रालयको निर्णयानुसार प्राविधिक टोली भदौ १ गतेदेखि प्रभावित क्षेत्रमा खटिनेछ । प्रभावित क्षेत्रका गाउँ–गाउँमा गन्धनिरोधक औषधि र स्वास्थ्यका सन्दर्भमा दैनिक कर्तव्यनिष्ठ हुन मेयर बालेन्द्र साहलाई समितिले ध्यानाकर्षण गराएको छ ।

स्यानिटरी ल्याण्डफिल साइटका सहायक ईन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार आज बिहानैदेखि फोहोर उठ्न सुरु भएको छ । आइतबार दिउँसो बाख्रालाई ठक्कर दिएको भन्दै र तिनपिप्ले सडकखण्डमा फोहोर बोकेका ट्रकहरूले बाटोमै फोहोर फालेको निहुँमा अवरोध गरेका थिए । यस्तै आइतबार साँझ धुनिवेशी–१ का नेपाली कांग्रेस सभापति पूर्ण सिंह तामाङ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष विष्णु तामाङ र नेकपा (एकीकृत समाजवादी)का भीषण धितालले नगर कार्यसमितिका अध्यक्ष तथा सभापतिलाई पत्राचार गर्दै फोहोर मैला सधैँका लागि बन्द गर्न माग गरेका थिए ।

मेयरमा निर्वाचित भएदेखि नै फोहोर व्यवस्थापनमा तल्लीन मेयर बालेन्द्र साहले भने सत्ता साझेदार दलको संयुक्त पत्राचार गरेपछि महानगरको नेतृत्त्वलाई असफल बनाउन खेल खलेको भन्दै फेसबुकमा स्ट्याटस लेखेका थिए। पटक–पटक गरी अहिलेसम्म १७४ वटा सम्झौता भएको तर कार्यान्वयन नगरिएको भन्दै स्थानीय तहले पनि नागरिकसँगै आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् ।

भुमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ । बालृनलले लेखेका छन्, यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ति सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो ।उनले लेखेका छन् एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ ।

राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।शनिबार फोहोरमाथि स्थानीयको अवरोध जारी रहँदा ल्याण्डफिल साइटको सुरक्षार्थ नुवाकोटको सिसडोल आलेटारस्थित सशस्त्र प्रहरीको बेस क्याम्प धादिङको बन्चरेडाँडामा सारिएको थियो । सो क्याम्पमा २५ जना प्रहरी छन् । लामो समयदेखि फोहोरमैला व्यवस्थापनकै सुरक्षार्थ सो क्याम्प स्थापना गरिएको थियो । महानगरका मेयर बालेनले स्थानीयको अवरोध नभए दैनिक २५० देखि ३५० ट्रक फोहोर ल्याण्डफिल साइटमा पुग्ने बताएका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top