देउवाद्धारा थप १० जना केन्द्रीय सदस्य मनोनीत

३१ साउन ७९, मंगलबार
Share this
638shares

३१ साउन ,काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले मंगलबार १० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिए।कांग्रेसमा १६८ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ। सभापति देउवाले मनोनीत गर्न पाउनेमध्ये यसअघि १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए।

अझै देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। आज मनोनीत भएका १० जना महिला हुन्।समावेशी सिद्धान्तअनुसार केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था कांग्रेस विधानमा छ।किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रूक्मीणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा, सीता देवकोटालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top