×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

धरानमा हर्क साम्पाङको १०० दिन

२ भाद्र २०७९

२ भदौ,विराटनगर ।
सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत् आफू मेयर भएपछि गरेको सय दिनको कामको विवरण सार्वजनिक गरेका हुन् ।

उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् । आफू मेयर भएको सय दिनमा गरेका कामको विवरण माग्नेहरूको लागि लक्षित गर्दै उनले ‘१०० दिनमा के गरिस् तैँले ?’ भन्ने प्रश्न सोध्नेलाई ‘मेरो उत्तर’ भन्दै सो विवरण सार्वजनिक गरेका हुन् ।

Advertisement

उनले १३ बुँदामा सार्वजनिक गरेका उपलब्धिहरुलाई यसरी क्रमबद्ध गरेका छन् ।

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें

२. ४ ठाउँबाट खानेपानीको मूहान थपें

३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ

४. ६ लाख विरुवा रोपेँ

५. सरसफाइमा देखिने सुधार ल्याएँ

६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ

७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेँ

८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद् व्यवस्थापन

९. लागु औषध विरुद्धको अभियान शुरु गरें

१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ

११. पारदर्शी हिसाब किताब सार्वजनिक गरेँ

१२. पालिकाका सेवामा तीब्रता र प्रस्टता ल्याइदिएँ

१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ

यसअघि बुधबार काठमाडौँबाट धरान फर्किएका मेयर साम्पाङले सामाजिक सञ्जालमार्फल आफू काठमाडौँ आएपछि फोहोर उठेको अभिव्यक्ति दिँदा काठमाडौँका मेयर बालेन शाह र उनीबीच सामाजिक सञ्जालमा जुहारी चलेको थियो । हर्क साम्पाङले फेसबुकमा आफूले काठमाडौं भ्रमण गरेपछि फोहोर उठ्न थालेको भन्दै व्यंग्य गरेका थिए ।

उनले फेसबुकमा स्टाटस पोस्ट गरेपछि बालेनले पनि व्यंग्य गर्दै कमेन्ट गरेका छन् । उनले साम्पाङको चुनाव चिह्न लौरो लिएर आफूले चुनाव जितेको बताएका छन् । दुवैको यो जुहारीलाई लिएर अन्य सामाजिक संजाल प्रयोगकर्ताहरुले आआफ्नो ढंगले कटाक्ष गरेका छन् । कसैले स्वतन्त्रहरु उम्लिएर पोखिएका भन्दै आलोचना गरेका छन् । कसैले पनि सामाजिक संजालमा ब्यक्त गरिएका यस्ता अभिब्यक्तिहरुलाई ठट्ठाको रुपमा नै बुझ्नु पर्ने भन्दै सुझाएका छन् ।

Advertisement

धरानमा हर्कले आफ्नो सय दिनको कामको फेहरिस्त सार्वजनिक गर्दा उता बालेन भने फोहोर ब्यवस्थापनको किचलोमा फसेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित राजनीतिक दलको अवरोधका कारण काठमाडौंको फोहोर उठ्न नसकेको भन्दै सामाजिक संजालमा टिप्पणी गरिरहेका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top