३ भदौ,विराटनगर ।
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्दछ ।श्रीकृष्णा जन्माष्टमीको अवसरमा श्रीकृष्ण गौ सेवा सदन विराटनगरले आज भजन महोत्सवको आयोजना गरेको छ ।सो कार्यक्रममा बिराटनगरका प्रसिद्ध गायकहरुले भजन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
भवन महोत्सवका लागि गौशालालाई दुलही जस्तै सिंगारिएको छ। ऋाज अपरान्ह ४ बजे देखि बेलुकी ७ बजेसम्म हुने भजन महोत्सवमा भक्तजनहरुले गाईहरुको बीचमा बड़ो रमाइलो भजन किर्तनको आनन्दको अनुभूति महसुस गर्ने श्रीकृष्ण गौ सेवा सदनका अध्यक्ष शंकर अग्रवालले विश्वास लिएका छन् । भजन महोत्सवलाई सफल बनाउन युवा तथा महिलाहरु सक्रियताका साथ लागेको अग्रवालले बताए ।