२ भदौ, काठमाडौं ।
साताको पाँचो कारोबार दिन बिहीबार सेयर बजारमा सुधार भएको छ । सेयर बजार परिसूचक नेप्से २७।७२ अंक ९१।३६ प्रतिशतले वृद्धि भएर २०६८।४२ अंकमा बन्द भएको छ ।
सोमबार ५५।८८ अंकले वृद्धि भएर मंगलबार २४।८३ अंक र बुधबार ०।३६ अंकको सामान्य गिरावट भएको नेप्सेमा बिहीबार पुन वृद्धि भएको हो ।
बिहीबार सुरुवातबाटै वृद्धि भएको बजारमा केही उतारचढाव देखिए पनि अन्तिममा लगानीकर्तालाई उत्साह थपेर बन्द भएको हो । नेप्सेसँगै सबै उपसूक बढ्दा वित्त कम्पनी र विकास बैंक उपसूचक ३ प्रतिशत माथि र हाइड्रोपावर उपसूचक २।९८ प्रतिशतले बढेको छ ।
नेप्सेमा सुधार हुँदा कारोबार रकम पनि बढेको छ । बुधरबार कारोबार रकम घटेर डेढ अर्बबाट तल झरेको मा बिहीबार पुनः २ अर्ब नाघेको छ । बुधबार १ अर्ब ४० करोड ६० लाख कारोबार भएको बजारमा बिहीबार ५१ लाख १ हजार २२० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजारको कारोबार भएको छ ।
जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक १० करोड ४३ लाख ५९ हजारको कारोबार भएको छ । यस्तै अपी पावरको ७ अर्ब ८० करोड २७ लाख र शिवम् सिमेन्टको ६ करोड ३ लाख ९४ हजारको कारोबार भएको छ ।बिहीबार बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयर मूल्य घटेको छ ।
त्यस्तै १२ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको स्थिर छ । कारोबार भएकामध्ये मंदाकीनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै अपर हेवाखोला जलविद्युत् कम्पनी, श्वेतगंगा हाइड्रोपावर ९।९७ प्रतिशत र अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयमूल्य ९।९६ प्रतिशतले बढेको छ ।
बुधबार सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको सपोर्ट लघुवित्तको सेयरमूल्य भने ३।२८ प्रतिशतले गिरावट भएको छ ।