×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

‘बालेन’ का डुप्लिकेट काठमाडौं ९ बाट उठ्ने

३ भाद्र २०७९

३ भदौ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ का डुप्लिकेटका रूपमा चर्चित सुनिल रिजालले मंसिर ४ को संसदीय चुनावमा काठमाडौं क्षेत्र नम्बर ९ उम्मेदवारी दिने घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् ।

जित्ने लक्ष्यसहित चुनावमा होमिएको भन्दै उनले समृद्ध नेपाल र नेपालीको लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । प्राविधिक शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना, उद्यमशीलता आफ्नो मुख्य प्राथमिकतामा रहने उनले बताए । गरिबी निवारण, कृषि उत्पादन, पर्यटन, धार्मिक, कला, भेषभुषा, संस्कृतिलाई प्रवर्द्धनलाई जोड दिएको रिजालको भनाइ छ ।

Advertisement
Advertisement

धादिङ धुनिबेँसी जन्म भई चन्द्रागिरी नपा– १३ मालिकाका स्थायी बासिन्दा रिजाल विगतमा सरकारी सेवामा थिए । गरिबी निवारण कोषमा लेखा तथा प्रशासन महाशाखा प्रमुख भएर काम गरेको उनले बताए । कोष खारेजीमा परेपश्चात सरकारी सेवाबाटै बाहिरिएका उनी राजनीतिमा होमिएका हुन् । सुनीललाई झट्ट हेर्दा जोकोही झुक्किन्छन् ।

टी–सर्टमाथि कोट, कालो टोपी र कालो चस्मा लगाएर हिँडे नमस्कार खाँदैको हैरान हुने उनी बताउँछन् । तर, आफूले नियतबस बालेनको कपी गर्न भने नखोजेको उनले बताउने गरेका छन् । सामाजिक संजाल टिकटकमा उनी बालेनको गेटअप र बडी ल्याङ्ग्वेज कै कारण चर्चित छन् ।

अहिले टिकटमा उनका एक लाख १८ हजार भन्दा बढी फलोर्स छन् । उनले चुनावी पोष्टरमा पनि बालेनकै कपी गरेका छन् । कालो टोपी र काँधमा राष्ट्रिय झण्डा ओडेको तस्वीरमा उनी बालेनजस्तै देखिएका छन् । रिजालले अहिलेसम्म बालेनलाई प्रत्यक्ष नभेटेको बताएका छन् ।

यद्यपि बालेनको टीमका व्यक्तिहरुलाई विभिन्न सल्लाह–सुझाव दिँदै आएको उनको भनाइ छ । रिजालले केही समयअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । गरिबी निवारण कोषमै हुँदा उनी एउटा अनुसन्धानको विषयमा जानकारी गराउन प्रचण्ड निवास पुगेका थिए ।

बालेनकै भेषमा आएका रिजाललाई देखेर प्रचण्ड पनि झुक्किएका थिए । काठमाडौं क्षेत्र नम्बर ९ बाट स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जनले उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् । यसअघि २०७४ को चुनावमा काठमाडौं ९ बाट तत्कालीन वाम गठबन्धनबाट एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए ।

Advertisement

श्रेष्ठ २२ हजार ८ सय ५२ मतसहित विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ध्यानगोविन्द रंजितले १४ हजार ८ सय २ मत ल्याएका थिए । त्यस्तै विवेकशील साझाका मिलन पाण्डेले ४ हजार ९ सय ४६ मत ल्याएका थिए ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top