मुंबई उडाउने धम्की मुंबई प्रहरीकै व्हाट्सएपमा

४ भदौ, काठमाण्डौ ।

भारतको अतिब्यस्त मायानगरी मुंबईलाई ध्वस्त पार्ने धम्की आएको छ । यस्तो धम्की मुंबई पुलिसको व्हाट्सएपमा आएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । धम्कीपूर्ण यो म्यासेजमा भनिएको छ, कि मुंबईलाई उडाउने पुरै तयारी भएको छ । कुनै पनि समय हमला हुन सक्छ ।

यो हमला २६÷११ हमला जस्तै हुने पनि धम्की दिनेहरुले चेतावनी दिएको मुंबई प्रहरीलाई उद्रित गर्दै भारतीय संचारमाध्यमले लेखेका छन् । सो म्यासेज आएसंगै मुंबई पुलिस अलर्ट मोडमा रहेको बताइएको छ । धम्कीपूर्ण म्यासेज पठाउनेको पनि खोजी भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रारम्भिक अनुशन्धान अनुसार उक्त म्यासेज पाकिस्तानको नम्बरबाट आएको बताइएको छ । तर म्यासेजमा यो पनि भनिएको छ कि हाम्रो जाँच गरिए लोकेशन पाकिस्तान देखाउँने छ तर धमाका मुंबईमा हुने छ । उनीहरुले लेखेका छन्, भारतमा यो हमलालाई ६ जनाले अन्जाम दिनेछन् ।

ति सबै अहिले मुंबईमै रहेका छन् । मुंबई उडाउने धम्की मुंबई पुलिसकै व्हाट्सएपमा आएपछि यसले प्रहरी, प्रशासन, सर्वसाधारण, सरकार सबैको होस उडाएको छ । विशेषगरि यो म्यासेजलाई यति धेरै गम्भिरताले लिनुका पछाडि केही दिन पहिले महाराष्ट्रको रायगढ जिल्लास्थित समुन्द्रमा दुई संदिग्ध डुंगामा तीन एके ४७ राइफल भेटिएको थियो ।

यद्यपी त्यतिबेला प्रहरीले यसमा कुनै पनि आतंकी एंगल नभएको बताएको थियो । तर अहिले मुंबई उडाउने धम्कीपूर्ण म्यासेज आएपछि भने त्यसको कनेक्सन गम्भिर रपमा खोजिन थालिएको छ । यसअघि २६ नोभेम्बर २००८ को रात मुम्बईमा ठूलो आतंककारी आक्रमण भएको थियो । त्यसबेला लगातार ६० घण्टासम्म गोलाबारी चलेको थियो ।

मुम्बईको इतिहासकै सबैभन्दा ठूलो हमलामा १ सय ६० जनाभन्दा धेरैको ज्यान गएको थियो। हमलाकारीमध्ये ९ जनाको मुठभेडकै क्रममा मृत्यु भएको थियो । पक्राउ परेका एकमात्रै हमलाकारी पाकिस्तानी नागरिक आमिर अजमल कसाबलाई २०१२ मा मृत्युदण्ड दिइएको थियो ।

मृत्युदण्डको सजाय हुनअघि अजमलले पाकिस्तानमा केन्द्रीय कार्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ई–तोइबाले यस आक्रमण गराएको खुलासा गरेका थिए । उनका अनुसार घटनामा मारिएका ९ हमलाकारी यही संगठनका सदस्य थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top