×

NEPAL TIMES UPDATES

Playing
मृ*त्युद*ण्डको सजाय पाउने गरी चिनियाँ २ मन्त्रीले के गरे ?|| Nepal Times
May 08, 2026
Playing
कम परिमाण राखेर उपभोक्तालाई तेलमा ठ गेपछि || Nepal Times
May 08, 2026
Playing
यु द्ध रोक्ने सम्झौता नजिक पुग्दा होर्मुजमा Missile र Drone बर्सिए || Nepal Times
May 08, 2026
Playing
बालेनले शर्मालाई किन प्रधानन्यायाधीश सिफारिस गरे ? यस्तो छ कारण || Nepal Times
May 08, 2026
Playing
इटहरी, धरान र दमकलगायतका पालिकामा ’डोजर आ*तंक’ || Nepal Times
May 08, 2026
Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026

माओवादीको पदाधिकारीमा महिलालाई उपेक्षा

४ भाद्र २०७९

४ भदौ , काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन भएका छन् । शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ जनाको पदाधिकारी राख्ने प्रस्ताव गर्दै नाम पेश गरेका थिए । गुरुङलाई उनले महासचिवमा प्रस्ताव गरेका थिए । महासचिवमा गुरुङ सर्वसम्मत चयन भएका हुन् । बैठकमा प्रचण्डले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, ७ उपमहासचिव, ९ सचिव र एक कोषाध्यक्षको प्रस्ताव गरेका हुन् । गत पुसमा भएको महाधिवेशनले भने १५ जना पदाधिकारी रहने निर्णय गरेको थियो । तर नेताको व्यवस्थापनका लागि प्रचण्डले पदाधिकारी २१ सदस्यीय बनाएका छन् । प्रचण्डले प्रस्ताव गरेको पदाधिकारी स्थायी कमिटिले ताली बजाएर अनुमोदन गरेको छ ।
माओवादीको २१ पदाधिकारीको सूची यस्तो छ:
अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ
उपाध्यक्ष : कृष्णबहादुर महरा
महासचिव : देव गुरुङ
उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र मात्रिका यादव,
सचिव : दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की
कोषाध्यक्ष :श्रीराम ढकाल

रहेका छन् ।सबैभन्दा बढी चासो रहेको महासचिवमा यसअघि वर्षमान पुन र जनार्दन शर्माको दाबी थियो । तर गुरुङ महासचिव बनेसंगै उनीहरुलाई उपमहासचिव बनाइएको छ । पुन र शर्माको सशक्त दाबेदारीका कारण महासचिव चयनमा अध्यक्ष प्रचण्डलाई सकस परिरहेको थियो । त्यही भएर प्रचण्डले तेस्रो विकल्पको रूपमा गुरुङलाई अघि सारेका छन् ।

Advertisement
Advertisement

२०३८ सालमा नेकपा मसालको केन्द्रीय सदस्य हुँदै उनी २०४० मा अखिल आठौंको केन्द्रीय अध्यक्ष बनेका गुरुङले २०४८ मा ‘एक वाम एक ठाम’ को नारा लिएर लमजुङ १ मा संयुक्त जनमोर्चाबाट चुनाव लडेका थिए । युद्धकालमा कान्छाबहादुर नाम पाएका उनी सरकारसँगको पहिलो वार्ताकालमा माओवादीबाट वार्ता टोली सदस्य पनि थिए ।

Advertisement
Advertisement

२०६५ मा कानुन तथा न्यायमन्त्री भएका गुरुङले पार्टी विभाजनमा मोहन वैद्यलाई साथ दिएका थिए । उनी अहिले माओवादीबाट प्रमुख सचेतक छन् । गत पुसमै महाधिवेशन गरे पनि पदाधिकारी चयन गर्न ८ महिना लगाएको माओवादीले पदाधिकारीमा महिलालाई भने उपेक्षा गरेको छ । २१ सदस्यीय पदाधिकारीमा एक जना पम्फा भुसाल मात्रै महिलाका रुपमा उपमहासचिवमा हटाएकी छिन् ।

भर्खरको समाचार

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

नेपालमै पहिलो टियर आईभी हाइपरस्केल डेटा सेन्टर बन्ने, विदेशी सर्भरमा निर्भरता हट्ने

IMG_6731.JPG_1

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top