५ भदौ , काठमाण्डौ ।
पछिल्लो २४ घन्टामा देशभर थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २९९ जनामा संक्रमण पुष्टि भएको हो।
४ हजार ३३७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।१६७० जनाको पिसिआर र २६६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४६२५ जना सक्रिय संक्रमित छन्।५७७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ।