×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘ब्रेन डेड’ भएका राजुको स्वास्थ्यमा चमत्कारिक सुधार

९ भाद्र २०७९

६ भदौ ,एजेन्सी ।

भारतका चर्चित हास्यकालाकार राजु श्रीवास्तव १५ दिनपछि होसमा आएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुशार श्रीवास्तववको दिल्लीको एम्स अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार भइरहे पनि डाक्टरको निगरानीमा राखिएको बीबीसी हिन्दीले जनाएको छ । राजु श्रीवास्तवका निजी सचिव गर्वित नारंगले उनको स्वास्थ्यमा सुधार भइरहेको समाचार एजेन्सी एएनआईलाई बताएका छन् ।

Advertisement
Advertisement

राजु श्रीवास्तवलाई गएको अगस्ट १० मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । जिममा कसरत गरिरहेका बेला छाती दुखेपछि उनी त्यही ढलेका थिए । केही दिन अघि मात्रै उनको दिमाग मृत र शरीर हलचल नभएपछि विभिन्न भ्रामक खबरहरु फैलिएका थिए । त्यसबेला राजुकी श्रीमती शिखाले “श्रीमानको अवस्था स्थिर रहेको भन्दै डाक्टरले आफ्नो काम गरिरहेको बताएकी थिइन ।

शिखाले भनेकी थिइन्,हामीलाई उहाँमाथि विश्वास छ र राजुजी लडाकु हुनुहुन्छ, यो लडाइँ पक्कै जित्नुहुन्छ। यो लडाइँ र त्यसपछि अर्को लडाइँ जित्नुहुन्छ।“ एक पटक सबैको मनोरञ्जन गर्नेछु। यो मेरो प्रतिज्ञा हो “

शिखाले श्रीमानको स्वास्थ्यबारे अफवाह फैलाउन बन्द गर्न पनि अपिल गरेकी थिइन । कानपुरमा एक कविको घरमा जन्मिएका राजु श्रीवास्तवलाई मानिसहरू उनको जमिनसँग जोडिएको हास्य र उनको भूमिका ’गजोधर’ लाई लिएर चिन्छन् । राजू श्रीवास्तवले कैयौँ चलचित्र र धारावाहिकमा हास्य कलाकार रूपमा काम गरिसकेका छन् ।

’ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ बाट चर्चामा आएका उनले ’कमेडी सर्कस’ र ’लाफ इन्डिया लाफ’ बाट पनि मानिसहरूलाई हँसाएका छन् । सन् २०१४ मा उनी भारतीय जनता पार्टी प्रवेश गरेका थिए । तत्कालीन भाजपा अध्यक्ष राजनाथ सिंहको उपस्थितिमा उनले पार्टी प्रवेश गरेका थिए ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top