NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना शुक्रबार भदौ २० , २०८२
नेपालमा सामाजिक संजाल बन्द बारे विदेशी संचारमाध्यामले के लेखे शुक्रबार भदौ २० , २०८२
‘वार डिपार्टमेन्ट’ किन ब्युत्याउँदैछन् ट्रम्प ? शुक्रबार भदौ २० , २०८२
ब्लक गरियो फेसबुकको वेब संस्करण, एपमा धमाधम बन्द हुँदै शुक्रबार भदौ २० , २०८२
विधान महाधिवेशनमा ओली सर्वेसर्वा,विद्यालाई नो इन्ट्री, ईश्वरको साथ शुक्रबार भदौ २० , २०८२
Next
Prev

समाचार

रामकुमारीले बालेनलाई भनिन् keep it up

शुक्रबार भदौ १० , २०७९
Reading Time: 1 min read
A A
मन्त्री रामकुमारी झाँक्री डिस्चार्ज, केही दिन भेटघाट नगर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० भदौ , काठमाडौं।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले केही दिन देखि काठमाडौंका अवैध संरचनामाथि लगाउदै आएको डोजन अभियानलाई अभियानलाई लिएर प्रमुख राजनीतिक दलका नेताहरुले आआफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् ।नेकपा एमालेका युवा नेता महेश वस्नेतले मेयर साहलाई नक्सा हेर्ने भुत सवार भएको भन्दै आफ्नो घरको नक्सा हेर्न मन भए सुर्यविनायक नगरपालिकामा काजमा आउन तथा डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउन भन्दै उनको अभियान प्रति असन्तुष्टि जनाइरहेका बेला सत्तारुढ दल नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व सहरी विकास मन्त्री रामकुमारी झाक्री भने मेयर साहका पक्षमा उभिएकी छिन् । उनले मेरो समर्थन मेयर बालेन जीलाई भन्दै सामाजिक संजालमा ९ बुँदा मार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

उनले लेखेकी छन् ,

LS Auto

१)यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।

२)मैले बागमती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिए ।

३)निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो।

४)स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो।

५)मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।

६)सुकुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।

७)मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हँुदैन।

८) I am always with you, behind you.keep it up.

९)इमान्दार प्रयासहरू सफल हुन्छन।

यसअघि राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि मेयर साहको अभियानलाई समर्थन गरेका थिए । यता नयाँ बानेश्वर व्यापार–व्यवसायी संघले भने मापदण्डविपरीतका संरचनामाथि कारवाही गर्ने क्रममा व्यवसायीहरूलाई प्रक्रियागत ढंगबाट उचित क्षतिपूर्ति तथा व्यवसाय स्थानान्तरणको लागि पर्याप्त समय उपलब्ध गराइदिन काठमाडौं महानगरपालिकासँग आग्रह गरेको छ ।

संघले व्यवसायलाई स्थानान्तरण गर्दा व्यवसायको प्रकृति, लागत र अन्य लगानीको अध्ययन तथा आवश्यक क्षतिपूर्तिको लागि निजी क्षेत्रसहितको एक उच्चस्तरीय समितिको गठन गर्न मागसमेत गरेको छ । एक विज्ञप्ति जारी गर्दै संघले सो माग राखेको हो । उच्चस्तरीय समितिको प्रतिवेदनका आधारमा पीडित व्यवसायीहरूलाई राहतस्वरूप क्षतिपूर्तिको व्यवस्थाको लागि पहल गरिदिन विज्ञप्तिमा आग्रह गरिएको छ ।

विस्थापित हुन लागेका व्यवसायीहरूमा मल्हमपट्टी लगाउन महानगरको भूमिका रहनुपर्ने संघको भनाइ छ । ‘घरधनीले समयमा नै व्यवसायीहरूलाई सूचना नदिएको तथा दिएता पनि अस्पष्टरूपमा जानकारी भएको कारणले यो किसिमको भयावहको अवस्था सिर्जना भएको हो,’ संघले भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो जायजेथा धितोबन्धक राखी बैंक तथा वित्तीय संस्थाको ब्याज तथा किस्ता बुझाउन मुस्किल परिरहेको अवस्थामा कानूनसम्मत, प्रक्रियागत व्यवसाय गर्न बसेका व्यवसायीहरूलाई चाडबाड आइरहेको समयमा हर्षोल्लासबीच व्यवसाय गर्ने समयमा पारिवारिक रूपमा नै निराश, चिन्ता, रोदन र खल्लो महसुस हुने गरी बेसमेन्ट, सेमिबेसमेन्ट, जमिन तल्लामा रहेका व्यवसाय तथा व्यवसायीहरूको घरधनीलाई ३५ दिने समयावधि राखेर भाडामा बसेका व्यवसायहरूलाई हटाउनु भन्ने निर्देशनले मर्माहत तथा दुःखी तुल्याएको छ ।’ संघले महानगरको निर्णय तथा कार्यलाई व्यवधान पु¥याउन नखोजेको र सदा सम्मान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

Tags: #काठमाडौंका अवैध संरचना#मेयर बालेन्द्र साह#रामकुमारी झाँक्री

लोकप्रीय

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना

शुक्रबार भदौ २० , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

नेपालमा सामाजिक संजाल बन्द बारे विदेशी संचारमाध्यामले के लेखे

शुक्रबार भदौ २० , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

‘वार डिपार्टमेन्ट’ किन ब्युत्याउँदैछन् ट्रम्प ?

शुक्रबार भदौ २० , २०८२

विचार

थप समाचार

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना
ताजा समाचार

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना

शुक्रबार भदौ २० , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी
अन्तर्राष्ट्रिय

टिकटकले फेसबुकलाई पछार्यो ,११ हजार कर्मचारी कटौती हुने
ताजा समाचार

ब्लक गरियो फेसबुकको वेब संस्करण, एपमा धमाधम बन्द हुँदै

शुक्रबार भदौ २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना

शुक्रबार भदौ २० , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

नेपालमा सामाजिक संजाल बन्द बारे विदेशी संचारमाध्यामले के लेखे

शुक्रबार भदौ २० , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

‘वार डिपार्टमेन्ट’ किन ब्युत्याउँदैछन् ट्रम्प ?

शुक्रबार भदौ २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.