×

NEPAL TIMES UPDATES

Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026
Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026

बाढीमा डुब्यो पाकिस्तान, राष्ट्रिय संकट घोषणा

१२ भाद्र २०७९

१२ भदौ ,एजेन्सी ।

आर्थिक तथा राजनीतिक अस्थिरतातर्फ धकेलिरहेको पाकिस्तानको आधाभन्दा धेरै भाग अहिले बाढीको चपेटामा परेको छ । लगातारको भिषण वर्षापछि आएको बाढी र डुबानले त्यहाँ ठूलो जनधनको क्षति भएको छ । लगातारको वर्षापछि आएको बाढीपहिरोले ठूलो मानवीय र भौतिक क्षति निम्त्याएपछि पाकिस्तानमा राष्ट्रिय संकट घोषणा गरिएको छ । पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार बाढीको कारण अहिलेसम्म तीन सय बालबालिका सहित एक हजारभन्दा धेरैको मृत्यु भएको छ ।

सयौं घाइते र हराइरहेका छन । बाढीपहिरोले हालसम्म ४ लाख घरहरू ध्वस्त भएका छन । सरकारी तथ्यांक उल्लेख गर्दै डान अखबारले तीन करोड ३० लाखभन्दा धेरै मानिस बाढीको कारण प्रभावित भएको उल्लेख गरेको छ । सिन्ध, बलुचिस्तान र खैबर पख्तुनख्वाहमा बाढीको असर सबैभन्दा धेरै देखिएको छ । अहिलेसम्म सिन्धमा सबैभन्दा धेरै ३३९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले बाढी प्रभावित सिन्धको भ्रमण गरेका छन् र त्यहाँका मानिसहरुको सहयोगका लागि ३८ अर्ब पाकिस्तानी रुपी सहयोगको घोषणा गरेका छन् । सेना प्रमुख जनरल कमर जावेद बाजवाले बलुचिस्तानको भ्रमण गरेका छन् । प्रधानमन्त्री शरिफले बाढीको कारण उत्पन्न परिस्थितिको विषयमा छलफलका लागि सोमबार सर्वदलीय बैठक बोलाएका छन् । पाकिस्तानी सूचनामन्त्री मरियम औरंगजेबले संकटको यो घडीमा राष्ट्रिय एकता कायम गर्दै सबैलाई उद्धार र राहतमा जुट्न आग्रह गरेकी छन ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खटिएर पीडितहरूलाई जतिसक्दो चाँडो उद्धार गर्नुपर्ने भन्दै उनले यसमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई समेत गुहारेकी छन । बाढीपहिरोले सडक, पुल र सञ्चारसम्बन्धी पूर्वाधारमा बढी क्षति पुगेको छ । ‘घरबारविहीन भएका हजारौं परिवारलाई आवास मात्र होइन, अहिले बिहान–बेलुका खानाकै पनि समस्या हुन थालेको छ । सरकारले बाढीपहिरो प्रभावितका लागि तत्काल राहत पु¥याउन ७२ अर्ब ३६ करोड पाकिस्तानी रूपी आवश्यक पर्ने जनाएको छ ।

सरकारको प्रारम्भिक मूल्यांकन रिपोर्टअनुसार खाद्यान्न र नगद राहत दिनका लागि मात्रै ७ अर्ब ३३ करोड रूपी आवश्यक पर्नेछ । खाद्यान्नबाहेकका राहत सामग्री जुटाउन ८ अर्ब ७१ करोड र स्वास्थ्य सामग्रीमा १ अर्ब ६२ करोड रूपी आवश्यक पर्ने आकलन गरिएको छ । स्थानीय किसानले पालेका हजारौं गाईवस्तु बाढीले बगाएको छ । उक्त क्षति पूर्ति गर्न मात्रै ९ अर्ब २ करोड रूपीभन्दा बढी खर्च हुने अनुमान छ ।

मेसिन तथा उपकरण खरिदमा ४ करोड ६४ लाख खर्च हुने प्रारम्भिक मूल्यांकन गरिएको छ । सामान्यतः पाकिस्तानमा मनसुन वर्षमा ३÷४ चरणसम्म सक्रिय रहन्छ । तर, अहिले आठौं चरणको वर्षा भएको जलवायुमन्त्री रहमानको भनाइ छ । मुलुकभर सामान्यतः ४८ मिलिमिटर वर्षा हुने गरेकोमा अहिले १६६.८ मिलिमिटर भइसकेको छ ।

जुन सामान्य अवस्थाको भन्दा २४१ प्रतिशतले बढी हो । अप्रत्याशित रूपमा भएको वर्षाले निम्त्याएको बाढीपहिरोले सिन्धका २३ जिल्लालाई तहसनहस गरेको छ । मौसमी वर्षापछिको बाढीपहिरो र डुबानका कारण सन् २०१० मा पनि पाकिस्तानमा व्यापक क्षति भएको थियो ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top