१७ भदौ , काठमाण्डौ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उच्च अदालत दिपायलमा कार्यरत तत्कालीन रजिष्ट्रार रणबहादुर कटवालविरूद्ध मुद्दा दर्ता भएको छ।बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कटवालविरूद्ध मुद्दा दर्ता भएको हो।दर्ता भएको मुद्दामा कटवालले चालु आर्थिक वर्ष २०७८र७९ मा विनियोजित बजेट अनियमितता गरी मनलाग्दी खर्च गरेको आरोप छ।
अनुसन्धान हुँदा कटवालले विभिन्न शीर्षकमा विनियोजित बजेट नक्कली बिल भरपाई खडा गरेको र नक्कली सम्झौतासमेत बनाई आफैं स्वीकृत गरी आफैंले शोधभर्ना लिने लगायतका कामहरू गरेको पाइएको छ।यस्तै कटवालले स्थायी शिक्षकका रूपमा अन्यत्रै कार्यरत आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको आरोप छ।
