×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

नेपालमा बालबालिकामा आत्महत्या प्रवृत्ति चिन्ताजनक

२५ भाद्र २०७९

२५ भदौ , काठमाण्डौ ।

आज विश्व आत्महत्या रोकथाम दिवस । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित नेपालमा विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार प्रत्येक वर्ष अन्दाजी सात लाख जना मानिसले आत्महत्या गर्ने गरेका छन् । प्रत्येक ४० सेकेन्डमा एक जनाको आत्महत्या हुने गरेको डब्ल्यूएचओको प्रतिवेदनमा छ ।

Advertisement
Advertisement

१५ देखि २९ वर्षको उमेरलाई बढी जोखिमको रूपमा लिइन्छ । यसै उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो कारण बनेको छ । नेपालमा बालबालिकामा पनि आत्महत्या प्रवृत्ति डरलाग्दो रूपमा बढेको छ । प्रहरी तथ्यांकअनुसार हरेक दिन औसतमा दुई बालबालिकाले आत्महत्या गर्दछन । आर्थिक वर्ष ०७८÷७९ मा सात सय नौ बालबालिकाले आत्महत्या गरेका छन ।

पछिल्लो पाँच वर्षमा दुई हजार आठ सय ३० बालबालिकाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६ दशलमव ५ प्रतिशत व्यक्तिहरूमा आत्महत्याको सोच र योजना रहेको पाइएको छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा ६ हजार आठ सय ३० जनाले आत्महत्या गरेका छन् । जुन औसतमा दिनमा १८ जनाभन्दा बढी हो ।

उमेर पुगेका व्यक्तिले डिप्रेसनका कारण, तर बालबालिकाले कुनै घटनाको तत्काल प्रतिक्रियास्वरूप आवेशमा आई आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । यस्तै द्वन्द्व, प्रकोप, हिंसा, दुर्व्यवहार, एक्लोपन लगायतका कारण पनि आत्महत्याका कारणहरु रहेका छन् । आत्महत्या रोकथाममा सरोकारवाला निकायले ध्यान नदिँदा समस्या दिनहुँ बढिरहेको जानकारहरु बताउँछन् । यसमा अभिभावक नै सबैभन्दा सचेत हुनुपर्ने उनीहरुको भनाइ छ  ।

बालबालिकामा आत्महत्या बढ्नुको एउटा कारण सामाजिक सञ्जालको गलत प्रयोगसँग समेत जोडिएको मनोचिकित्सकहरु बताउँछन् । यस्तै राम्रोसँग अभिभावकत्व पाउन नसकेका बालबालिकाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । यस्तै अभिभावकले सामान्य गाली गर्दा, परीक्षामा फेल हुँदा तथा प्रेम–सम्बन्धका कारण कतिपय बालबालिकाले आत्महत्या गरेका छन् ।

यस्तै नेपालमा समग्रमा आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष धेरै छन ।तर, कम उमेरमा भने बालकको तुलनामा बालिकाको संख्या दोब्बर छ । गत आर्थिक वर्षमा दुई सय ५६ बालकले आत्महत्या गर्दा बालिकाको संख्या चार सय ५६ छ । यस्तै गत आर्थिक वर्षमा दुई हजार दुई सय ६१ महिलाले आत्महत्या गर्दा पुरुषको संख्या तीन हजार आठ सय ६० छ ।

अघिल्लो आर्थिक वर्षमा आत्महत्या गर्ने महिलाको संख्या दुई हजार चार सय ४९ तथा पुरुषको संख्या तीन हजार नौ सय २८ थियो । मानसिक समस्या भई आत्महत्या गर्ने सोच बनाएकाहरुलाई पहिचान गरी नजिकका आफन्त, साथीसंगी र वरिपरिका मानिसहरूले बचाउन सक्ने मानसिक रोग विशेषज्ञहरू बताउँछन् । यस्तैै आत्महत्या प्रयास गर्नेहरूको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई परामर्श तथा आत्मबल बढाउनका लागि सरकारले पहलको व्यवस्था गर्नुपर्ने उनीहरुको सुझाव छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top