×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

सलमानको हत्या योजना बनाउने पण्डित पक्राउ

२७ भाद्र २०७९

२७ भदौ ,एजेन्सी ।
भारतीय चलचित्र उद्योग बलिउडका चर्चित अभिनेता सलमान खानको हत्या गर्ने धम्की आएको केही समयपछि उनको रेकी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। गत जुन महिनामा पञ्जाबी ¥यापर तथा गायक सिद्धु मुसेवालाको हत्या भएको केही दिनपछि सलमान खानलाई मारिदिने धम्की आएको थियो।

त्यसयता भारतीय प्रहरीले उनको सुरक्षा बढाएको छ। त्यस क्रममा सलमानको रेकी गरिरहेका कपिल पण्डितलाई प्रहरीले पक्राउ गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ। पञ्जाब प्रहरीका डीजीपी गौरव यादवका अनुसार आरोपित पण्डितले आफू सचिन विष्णोई र सन्तोष यादवसँग लरेन्स विष्णोईको निर्देशनमा सलमान खानको रेकी गर्न मुम्बई पुगेको बयान दिएका छन्। यस विषयमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

गत जुन ५ मा सलमान खान र उनका बुबा सलीम खानलाई मार्ने धम्कीसहितको पत्र आएको थियो। जसमा उनीहरूलाई सिद्धु मुसेवालाजस्तै बनाइने चेतावनी दिइएको थियो। यसैबीच सिद्धु मुसेवाला हत्या प्रकरणमा अहिलेसम्म ३५ जनामध्ये २३ जना पक्राउ गरिएको डीजीपी गौरव यादवले बताएका छन्। मुठभेडमा दुई अभियुक्तको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सिद्धु मुसेवालाको पन्जाबमा उनी सवार कारमै गोली हानी हत्या गरिएको थियो । गएको जुनमा भारतीय संचारमाध्यामका अनुशार संदिग्ध व्यक्तिले सलमान खानको हत्या गर्नको लागि परिमार्जित हक्की क्यासिङमा लुकाएर सानो बोरको हतियारसहित शार्पसुटर पठाएको थियो । शार्पसुटरलाई अभिनेताको घरबाहिर लगाइएको थियो।

अपराधीहरूले कथित रूपमा सलमान खानको घरको अनुगमन गरेका थिए र पत्ता लगाएका थिए कि अभिनेता बिहान साइकल चलाउँदा सुरक्षा गार्डहरू साथमा हुन्छन् कि हुदैनन् । तर हत्या गर्न पुगेकाहरु त्याहा पुलिस देखेपछि आफ्नो योजना परिवर्तन गरी फर्किएका थिए ।एएनआईको रिपोर्टका अनुसार मुम्बई प्रहरीले सलमान खान र उनका बुबा सलीम खानलाई धम्कीपूर्ण पत्र लेख्ने जेलमा रहेका ग्याङ्स्टर लरेन्स नै भएको बताएको छ ।

लरेन्सको गिरोहका तीन जना राजस्थानको जालोरबाट मुम्बईमा चिठी छोड्न आएका थिए । पत्र छोडेपछि तीनै जनाले अभियुक्त सौरभ महाकाललाई पनि भेटेका थिए । प्रहरीका अनुसार सौरभले यो चिठी गोल्डी ब्रारमार्फत सलीम खानलाई पुर्याएका थिए । कालो हरिण शिकार प्रकरणमा लरेन्स बिश्नोईले सलमान खानलाई मार्ने षड्यन्त्र रचेको आरोप लागेको थियो ।

बिश्नोई समुदायले कालो हरिणलाई पवित्र मान्ने भएकाले त्यसको शिकार गरेको आरोपमा लरेन्सले सलमान खानलाई मार्ने धम्की दिएका थिए ।२०१८ मा लरेन्स बिश्नोईले अदालत बाहिर जोधपुरमा सलमान खानलाई मार्ने बताएका थिए।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

सम्बन्धित खबरहरु

Scroll to Top