चुनावको मुखमा किन आए चिनियाँ नेता ?

२७ भदौ , काठमाण्डौ ।
सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति अध्यक्ष ली चान्शु नेपाल आइपुगेका छन् । उनी सोमवार अपराह्न ६७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् । अध्यक्ष लीसहितको टोलीलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

अध्यक्ष ली नेपालको ४ दिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनी विशेष विमानमार्फत काठमाडौं ओर्लिएका छन् । सभामुख सापकोटाले स्वागत गर्दा सुरुमा दुवैजनाले उभिएर अभिवादन गरे। त्यसपछि नेपालीहरुले अरुलाई शिष्टताका लागि गर्दै आएको नमस्ते पनि नेता लीले गरेका छन् ।

सभामुख सापकोटासँगै उभिएर फोटो पत्रकारहरुतिर फर्किँदै नमस्ते गरेका उनीहरु त्यहाँबाट होटल सोल्टीतिर लागेका छन्। चिनियाँ नेता ली नेपाल आउँदा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ। चिनियाँ नेता लीको सुरक्षामा नेपाली सेनाले कर्णेल नेतृत्वको टोली परिचालन गरेको छ।

नेता ली नेपालमा तीन दिनसम्म रहनेछन्। उनले त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, प्रतिपक्षी दलका नेता र संसदमा प्रमुखहरुसँग संवाद गर्ने भएका छन्। सोमवार नै सभामुख सापकोटा र लीले दुई देशीय वार्ता गर्ने कार्यसूची रहेको छ । सभामुख सापकोटाले नेता ली तथा चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा सोमवार साँझ रात्रिभोजको आयोजना गर्नेछन् । भ्रमणको दोस्रो दिन मंगलवार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष शिष्टाचार भेट गर्ने कार्यसूचीमा उल्लेख छ ।

सोही दिन उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि छुट्टै भेट गर्नेछन् । बुधवार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ । त्यस्तै अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयले अध्यक्ष ली चान्सु भदौ २९ गतेसम्म नेपालमा रहने जनाएको छ ।

नेपालसहित चार देशको भ्रमणका लागि उनी ७ सेप्टेम्बरमा बेइजिङबाट उडेका थिए। ७–१० सेप्टेम्बरमा रुस भ्रमण गरेका चिनियाँ नेता लिले १०–१२ सम्म मंगोलिया भ्रमण गरेका थिए । रुसी समकक्षी भ्याचेसलाभ भोलोदिनको निमन्त्रणामा ७ सेप्टेम्बर रुस पुगेका चिनियाँ नेता लिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितका नेताहरुसँग भेटवार्ता गरेका थिए। युक्रेनमाथि आक्रमण गरिरहेको रुसमा भएको चिनियाँ तेस्रो वरीयताका नेता लिको भ्रमणलाई रुसलाई गरिएको समर्थनको रुपमा व्याख्या गरेका छन्।

उनको भ्रमणलाई नेपालमा हालैका महिनाहरूमा बढिरहेको अमेरिकी चासोसँग जोडेर हेर्न थालिएको छ। भारतीय पक्षले भने लीको नेपाल भ्रमणलाई चुनावसँग जोडेर हेरेको नवभारत टाईम्सले उल्लेख गरेको छ । उसले माओवादी र एमालेलाई एक साथल्याउने प्रयासपनि ली ले गर्ने उल्लेख गरेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top