२७ भाद्र, विराटनगर ।
विराटनगरमा अवस्थित स्कुल अफ म्यानेजमेन्ट स्टडीज् (सोम्स्) कलेजले बिद्यार्थीहरुको वाक क्षमता विकास गर्ने उद्धेश्य अनुरुप वक्त्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
निरंकुश व्यवस्थापक भन्दा प्रजातान्त्रिक व्यवस्थापक राम्रो नामक शीर्षकमा आयोजना गरिएको वक्त्तृत्वकला कार्यक्रममा व्यवस्थापन संकायतर्फका स्नातक तह अध्ययनरत १७ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
प्रा. डा. चन्द्र तिम्सिनाको नेतृत्वमा वनेको निर्णायक समितिले सवै सहभागि प्रतिस्पर्धी विद्यार्थीहरुमध्ये बाट क्रमशः प्रथम अंजना शर्मा, द्धितिय शारदा श्रेष्ठ र तृतीयमा निर्मला गवाजुको नाम सुनाएको थियो ।
विद्यार्थीहरुका लागी आवश्यक विभिन्न अतिरिक्त क्रियाकलाप गराउदै आएको सोम्स् कलेजले आगामी दिनहरुमा थप नयां कार्यक्रमहरु गरिने कलेजका संचालक रोशन घिमिरेले वताएका छन् ।
पढाईसँगसँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभएर ब्यवहारिक र सामाजिक कार्यमा पनि कसरी लगाउन सकिन्छ भन्ने विषयलाई कलेजले प्राथमिकतामा राखेको उनले बताए ।