मानव विकास सूचकांकमा नेपाल एक स्थानमाथि

२८ भदौ ,एजेन्सी ।

नेपालको मानव विकास सूचकांक (एचडिआई) एक स्थानमाथि उक्लिएको छ । यसले कोभिड १९ महामारीका बीच पनि केही सुधारको संकेत देखिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले सोमबार नेपालमा सार्वजनिक गरेको प्रतिवेदन २०२१÷२२ अनुसार नेपाल मानव विकासको सूचकांकको १४३ औं स्थानमा रहेको देखाएको छ । नेपाल एचडिआईमा सन् २०२० को तुलनामा एक स्थानमा सुधार देखिएको हो ।

सन् २०२० मा नेपाल सूचकांकको १ सय ४४ औं स्थानमा रहेको थियो । सन् २०१९ मा भने नेपाल १ सय ४२ औं स्थानमा रहेको थियो । कोभिड–१९ र युक्रेनमा भइरहेको युद्धजस्ता संकटहरूबाट प्रगति अवरूद्ध हुँदा विश्वका हरेक १० मध्ये ९ देश मानव विकासमा पछि परेको युएनडीपीले सार्वजनिक गरेको प्रतिवेदनमो औंल्याएको छ । सन् २०२१ मा नेपालको अंक ०.६०२ को मानव विकास सूचाकांक मानका साथै १४३ औं स्थानमा रहेको देखाउँछ ।

मानव विकास सूचकांकमा दक्षिण एसियामा अफगानिस्तानको १८० औं स्थानमा छ । त्यसैगरी बंगलादेशको १२९ औं, भुटानको १२७ औं स्थानमा रहेको छ। त्यसैगरी भारतको १३२ औं स्थानमा, माल्दिभ्सको ९० औं स्थानमा र पाकिस्तान १६१ औं र श्रीलंका ७३ औं स्थानमा रहेको छ । मानव विकास सूचकांक १ हुने मुलुकलाई सबैभन्दा राम्रो मान्ने गरिन्छ । लैङ्गिक दृष्टिकोणबाट हेर्दा नेपाल विश्वव्यापी लैङ्गिक असमानता सूचकांकमा सन् २०१९ को ११० औं स्थान तल झरेर ११३ औं स्थानमा पुगेको देखिन्छ ।

दुई वर्षको अन्तरालपछि सार्वजनिक गरिएको सन् २०२२ को प्रतिवेदनले नेपाललाई मध्यम मानव विकास समूहमा वर्गीकरण गरेको छ । मानव विकास सूचकांक (एचडीआई) मानव विकासको तीन वटा आधारभूत आयामहरू (दीर्घ र स्वस्थ जीवन, ज्ञानमा पहुँच र राम्रो जीवनस्तर) मा भएको दीर्घकालीन प्रगतिको समीक्षा गर्ने मापन विधिको सार हो ।

नेपालका लागि युएनडिपीकी आवासीय प्रतिनिधि आइसानी मेदागनगोदा लाबेले कोभिड १९ महामारी र प्राकृतिक प्रकोपसहितका विभिन्न झट्काका बाबजुद विगतको दुई वर्षमा नेपालले धेरै हदसम्म स्थिर मान कायम गर्न सफल भएकोतर्फ संकेत गरेको बताइन् । ‘यसको अर्थ ढुक्क हुनु भने होइन किनभने अन्य देशहरूको तुलनामा नेपालपछि परेको छ ।’ उनले भनिन्न– ‘नयाँ अनिश्चितताहरूले भविष्यमा हासिल गरिने प्रगतिमा पनि अवरोध सिर्जना गर्ने सम्भावना रहेको छ ।

युएनडिपीले सोमबार सार्वजनिक गरेको मानव विकास प्रतिवेदनले बढ्दै गइरहेकोे विश्वव्यापी उथलपुथलले ९० प्रतिशत देशहरूमा मानव विकासमा भएको प्रगतिलाई अप्रत्याशित रूपले उल्ट्याउने काम गरेको औंल्याएको छ । प्रतिवेदनले मानवताको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको जलवायु र जैविक विविधता संकट, असमानता र राजनीतिक ध्रुवीकरणका साथै प्राविधिक उथलपुथल बढ्नुका साथै तिनले एक अर्कालाई मलजल गर्ने काम गरिरहेको औंल्याएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top