युक्रेनी राष्ट्रपति जेलेन्स्की दुर्घटनाबाट बँचे

३० भदौ,एजेन्सी ।

युक्रेनकी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की कार दुर्घटनामा परेका छन् । राजधानी किभको सडकमा उनी सवार कार दुर्घटनामा परेको हो । राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना परेका र जेलेन्स्कीलाई गम्भीर चोटपटक नरहेको उनका प्रवक्ता सेर्हीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । प्रवक्ताले बिहीबार बिहान उक्त जानकारी दिएका हुन् । जेलेन्स्की सवार कार एउटा निजी कारसँग ठोक्किएको जनाइएको छ ।

जेलेन्स्कीको अवस्था सामान्य रहेको चिकित्सकले बताएका र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । युक्रेनले आफ्नो नियन्त्रणमा लिन सफल भएको खार्किभ प्रान्तबाट किभ फर्कँदै गर्दा उनी राजधानीको सडकमा दुर्घटनामा परेका थिए । गम्भीर चोट नभएको बताइए पनि उनी चोटमुक्त रहेको अथवा नरहेको भने प्रवक्ताले खुलाएका छैनन् । यसैबीच दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसले क्षेप्यास्त्र आक्रमण गरेको छ ।

जसका कारण बाढीको खतरा भएकाले त्यहाँका बासिन्दाहरूलाई अन्यत्र जान सहरका अधिकारीहरूले भनेका छन् । क्रिभी रिहको दुई जिल्लाका करिब २२ वटा बस्तीका मानिसहरू जोखिममा परेको नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले बुधवार चेतावनी दिएका छन् । बाँध फुटेको ठाउँमा एक सय क्युबिक मिटर प्रति सेकेन्ड (क्युसेक)को गतिमा पानी ओइरिएको र त्यसैका कारण इन्हुलेट्स नदीमा जलस्तर खतरनाक ढङ्गले बढिरहेको उनीहरूले बताएका छन् ।

आफूले गरेका प्रत्याक्रमणको बदलामा रुसले उक्त आक्रमण गरेको युक्रेनले बताएको छ । सो आक्रमणका कारण सहरमा खानेपानी आपूर्ति प्रभावित भएको छ । रुसले फेब्रुअरी २४ मा युक्रेन अतिक्रमण थाल्नु अघि सो सहरमा ६ लाखभन्दा धेरै जनसङ्ख्या थियो । मस्कोले क्षेप्यास्त्र आक्रमणबारे टिप्पणी गरेको छैन ।

यसअघि रुसी सेनाले ऊर्जा उत्पादन केन्द्रहरूमा आक्रमण गरेको स्वीकार गरेको थियो जसले गर्दा गत सप्ताहान्त पूर्वी युक्रेनका दशौँ लाख मानिसहरू अन्धकारमा बस्नु परेको थियो । पछिल्लो आक्रमणलाई राष्ट्रपति जेलेन्स्कीले रुसलाई ’आतङ्कवादी राज्य’को संज्ञा दिएका छन् । “गैरसैनिकसँग लड्ने तिमीहरू कायर हौ,“ जेलेन्स्कीले भनेका छन् “युद्धमैदानबाट भागेका बदमासहरूले टाढाबाट हानि पु¥याउन खोजिरहेका छन् ।“

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top