चीनको फलाम खानीले लियो १४ जनाको ज्यान

२ असोज,एजेन्सी ।

छिमेकी राष्ट्र चीन र एसियाली राष्ट्र इन्डोनेसियाका फलाम र सुन खानीमा भएको दुर्घटनामा परेर ३४ जना मजदुरको मृत्यु भएको छ । चीनको राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा ठूलो हताहती भएको छ ।

खानी पसेको बाढीमा परि १४ जनाको मृत्यु भएको छ । एक जना हराइरहेका छन् । यो महिनाको सुरुमा त्यहाँ पसेको बाढीमा परी उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको चीनका सरकारी अधिकारीहरूले जनाएका छन् ।

खानीमा के कारणले बाढी पस्यो भन्ने बारेमा अनुसन्धान भइरहेको ताङसान नगर सरकारले एक संक्षिप्त विज्ञप्ति निकालेर जनाएको छ । हेबेइ फलाम र इस्पात खानीका निम्ति प्रसिद्ध छ । चीनमा वर्सेनि विभिन्न कारणले खानी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा अधिकांश मजदुरले ज्यान गुमाएका छन् ।

उता इन्डोनेसियाको पश्चिम कालिमान्तान प्रान्तमा रहेको सुन खानीमा पहिरो जाँदा २० जना खानी कामदारहरू पुरिएका छन् । घटना बिहीबार राति बेङ्कायाङ जिल्लाको किनन्दे गाउँमा भएको भए पनि सोबारे जानकारी प्रादेशिक खोज तथा उद्धार कार्यालयका उद्धारकर्तालाई शुक्रबार राति मात्र प्राप्त भएको थियो ।

विगत केही दिनदेखि परेको अविरल वर्षा, दुर्गम स्थान र कमजोर सञ्चार सुविधाका कारण उद्धार कार्यमा बाधा पुगेको अधिकारीहरुले बताएका छन् । खानी क्षेत्रमा खोज तथा उद्धार कार्यमा सैनिक, स्थानीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायका कर्मचारी र गाउँले पनि संलग्न रहेको स्थानीय संचारमाध्यामहरुले बताएका छन् ।

खानीमा पहिरो गएको र उद्धार कार्यपनि ढिलो गरी सुरु भएकाले मजदुरहरु जिवितै भेटिने संभावना कम रहेको बताइएको छ । यद्यपि उद्धारटोलीमा सम्लग्न अधिकारीहरुले भने मजदुरहरुलाई युद्धस्तरमा काम गरी जिवितै उद्धार गर्ने प्रयास भईरहेको बताएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले बताएका छन् ।

गएको अप्रिलमा, उत्तरी सुमात्रा प्रान्तमा अवैध सुन खानीमा १२ महिला खानी कामदारको पहिरो जाँदा मृत्यु भएको थियो। गत वर्ष, सुलावेसी टापुको परीगी माउटोङमा अर्को अनाधिकृत सुन खानी भत्किँदा छ जना कामदारको मृत्यु भएको थियो। यसअघि सुमात्रामा २०२० मा भारी वर्षाका कारण पहिरो खस्दा ११ खानी कामदारको मृत्यु भएको थियो।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top