होहल्ला तथा नाराबाजी गर्ने ३ जना निर्वाचन आयोगबाट पक्राउ

२ असोज, काठमाण्डौ ।

Advertisement

निर्वाचन आयोगमा होहल्ला तथा नाराबाजी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका समाजवादी केन्द्रका अध्यक्ष युवराज सफलसहितका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटा रहेका छन् । उनीहरुले होहल्ला गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले प्रहरीलाई खबर गरेको आधारमा उनीहरु पक्राउ परेका हुन् ।उनीहरुलाई दरबारमार्ग वृत्तमा राखेर अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी सीताराम रिजालले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top