×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एलिजावेथको अन्त्येष्टिमा साउदी युवराजलाई बोलाउँदा बबाल

२ आश्विन २०७९

२ असोज,एजेन्सी ।
बेलायतकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का लन्डन पुगेका छन् । भोलि हुने अन्त्येष्टिमा विश्वभरबाट जम्मा भएका नेताहरूसँगै खड्का सहभागी हुनेछन् । अन्त्येष्टि समारोहमा शाही परिवारका सदस्य तथा विश्वभरका नेताहरूको उपस्थित रहनेछ ।

डा. खड्का राजा चार्ल्सको ‘रिसेप्सन’ कार्यक्रममा सहभागी भई ६ दिनपछि मात्र फर्किने भ्रमण तालिका छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसहित विश्वका करिब ५०० ‘हाई प्रोफाइल’ व्यक्तिहरू अन्त्येष्टि समारोहमा वेस्टमिन्स्टर ऐब्बेमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

Advertisement

तर, समारोहमा रुस, बेलारुस, भेनेजुएला, सिरिया, म्यानमार, उत्तर कोरिया र अफगानिस्तानका राष्ट्र÷सरकार प्रमुखलाई आमन्त्रण गरिएको छैन । यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले पठाएको प्रतिनिधिमण्डललाई संसदमा राखिएको महारानी एलिजाबेथको कफिन हलमा पुग्न निषेध गरिएको थियो। अन्त्येष्टि समारोहमा सहभागी हुनका लागि साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई दिइएको निमन्त्रणालाई लिएर विवाद भएको छ ।

गम्भीर मानवाधिकार उल्लंघनको अभियोग लागेका क्राउन प्रिन्स सलमानलाई बोलाइएको भन्दै अधिकारकर्मीले विरोध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पत्रकार जमाल खशोग्गीको हत्या क्राउन प्रिन्सको आदेशमा भएको आरोप लाग्दै आएको छ ।

अमेरिकी गुप्तचर निकाय सिआइएको एक प्रतिवेदनमा टर्कीको इस्तानबुलमा भएको पत्रकार खशोग्गीको हत्या तथा उनको शवलाई टुक्राटुक्रा पारिनुमा क्राउन प्रिन्स सलमानको आदेश कारक रहेको उल्लेख छ । खशोग्गी घटनापछि युवराज सलमानले बेलायतको भ्रमण गरेका छैनन् ।

उनलाई महारानीको अन्त्येष्टिमा सामेल हुन भने निम्तो दिइएको हो । अंत्येष्टि वेस्टमिन्स्टर एबे मा हुनेछ । यहां कम से कम पनि २२०० मानिसहरु उपस्थिति हुने बताइएको छ । जसमा शाही परिवार, महारानीका मित्र तथा कर्मचारीहरु, युरोपका राज परिवार, पत्नीसहित अमेरिकाका राष्ट्रपति जो बाइडेन, भारतीय राष्ट्रपति द्रोपति मुर्मु, अस्ट्रेलियाका प्रधानमंत्री एंटोनी एल्बनीज, न्यूजील्याण्ड की प्रधानमंत्री जेसिंडा अर्डर्न, कनाडाका पीएम जस्टिन ट्रूडो पनि सहभागि हुदैछन् ।

बंग्लादेश की प्रधानमंत्री शेख हसीना, श्रीलंकाका राष्ट्रपति रानिल विक्रमसिंघे पनि सहभागि हुने बताइएको छ । यस्तै जर्मनका राष्ट्रपति, इटलीका राष्ट्रपति, यूरोपियन कमीशनका प्रेसिडेट पनि सहभागि भएका छन् । दक्षिण कोरिया, ब्रजील, तुर्कीए, फ्रान्सका राष्ट्रपति तथा जापानी सम्राट नारुहितो पनि सहभागि हुने भएका हुन् । चीनबाट उपराष्ट्रपति लण्डन पुगेका छन् ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top