डेंगु लागिहाले के गर्ने ? के नगर्ने ? के मेवाको पातले डेंगु निको पार्छ ?

९ असोज, काठमाण्डौ ।

एकातिर दशैँ तिहार जस्ता चाडपर्व नजिकिएका छन् भने, अर्कोतर्फ डेंगी रोगको संक्रमण बढ्दो छ । काठमाडौँ उपत्यकासहित देशैभर डेंगी फैलिरहेको छ । कम्तीमा असोज अन्तिमसम्म डेंगी फैलने क्रम नरोकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुमान छ । यसपाली डेंगी रोक प्रकोपकै रुपमा फैलिएको छ ।

सन् २०१९ पछि डेंगीले प्रकोपको रुप लिएको यसपाली मात्रै हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन अरु सामान्य ज्वरोभन्दा फरक खालको ज्वरो आउने भएकाले डेंगी संक्रमण भएको हुन सक्ने अनुमान गर्न सकिने बताउँछन् ।

Advertisement

दशैँका समयमा तुलनात्मक रुपमा अरु समयमा भन्दा मानिसहरुको चहलपहल बढ्छ । चहलपहलसँगै घरबाट निस्कने फोहोर पनि बढ्छ । त्यस्तो फोहोरमा लामखुट्टे बस्ने जोखिम हुन्छ । त्यसैले डा. पुनले दशैँको समयमा सरसफाइमा ध्यान दिन अनुरोध गरेका छन् । डा रविन्द्र पाण्डेका अनुशार पोस्टकोभिड जस्तै पोस्ट डेंगु सिन्ड्रोम कष्टप्रद छ।

जुन संक्रमितले खाना, फलफूल, पानी प्रशस्त खाएका छन्, उनीहरू छिटो निको भएका छन्। जुन संक्रमितलाई सुरुमै बान्ता भएको छ, उनीहरू खान तथा पिउन डराउँदा सिकिस्त भएका छन्। पारासिटामोलको चर्को अभाव छ। धेरै संक्रमितलाई एउटा पारासिटामोलले ज्वरो घटाएको छैन।पारासिटामोलको अधिक सेवनले अम्लपित्त बल्झेको छ।

Advertisement

कलेजोमा असर गरेको छ। डेंगुमा पारासिटामोलको विकल्प छैन। ज्वरो, टाउको दुखाइ, हातखुट्टा दुखाइ आदिमा अर्को औषधि प्रयोग गर्न मिल्दैन। अहिलेको डेंगुले कतिपय बिरामीलाई हातखुट्टा नचल्नेसम्म भएको छ।

चिकित्सकका अनुशार डेंगु संक्रमित भए यी कुरामा ध्यान दिनुपर्छ :
१. जति सक्यो दाल, गेडागुडीको रस, मेवा, किवी, अनार, जुनार, पाकेको फर्सी, पालुंगो, दुध, जीवनजल, सादा पानी पटक–पटक प्रशस्त खुवाउनुहोला।

२. मनतातो पानीपट्टी तथा पारासिटामोलले ज्वरोलाई नियन्त्रण गर्नुहोला।

३. बान्ता भएमा बान्ता रोक्ने औषधि सेवन गर्नुहोला।

४. शरीरमा एलर्जीजस्तै बिमिरा भएमा एलर्जीको औषधि सेवन गर्नुहोला।

५. झुक्किएर पनि फ्लेक्सन, ब्रुसेट, पाराफ्लाम, निम्स आदि पेन किलर नखानुहोला।

६. शरीरमा पानी कम भए, खान नसके, ज्वरो नियन्त्रण नभए, नाकमुख वा अन्य ठाउँबाट रगत आएमा तुरुन्त नजिकको अस्पतालको इमर्जेन्सीमा जानुहोला।

७. बालबालिकाको ज्वरो नियन्त्रणमा नराखे बेहोश हुन सक्छन्। ज्वरो नियन्त्रण नभए एक मिनेट पनि घरमा नराख्नुहोला।

८. चिकित्सकको सिफारिसबिना कुनै पनि औषधि सेवन नगर्नुहोला।

९. डेंगुमा अन्धाधुन्ध मेवाको पात खाने लहर चलेको छ। मेवाको पातले डेंगु निको गर्दैन। प्लेट्लेट्स धेरै घटेमा बढाउने काम गर्छ। त्यसको लागि औषधि कम्पनीले निकालेका चक्की वा चिकित्सकको सल्लाह अनुसार मेवाको पात प्रशोधन गरेर दिनमा ३० मिलि भन्दा धेरै प्रयोग नगर्नुहोला। मेवाको पातको रस, मेवा, किवी आदिले प्लेट्लेट्स बढाउने प्रमाणित तथ्य हो।

१०. महंगा फुड सप्लिमेन्ट तथा भिटामिन नखानुहोला। खानुपरेमा औषधि कम्पनीले उत्पादन गरेका भिटामिन चिकित्सकको सल्लाह अनुसार खानुहोला।

११. लक्षण देखिनेबित्तिकै प्लेट्लेट्सको जाँच गर्ने तथा डेंगु परिक्षण गर्नु गर्नुहोला। दुई दिन बिराएर प्लेट्लेट्सको टेस्ट गर्नुहोला। प्लेट्लेट्स ७० हजारभन्दा कम भएमा चिकित्सकसँग तुरुन्तै सम्पर्क राख्नुहोला।

१२. डेंगुले धेरै दुःख दिन्छ तर सितिमिति मार्दैन। मनोबल उच्च राख्नुहोला।डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा नजिकको सम्पर्कबाट सर्दैन। संक्रमितलाई टोकेको लामखुट्टेले टोकेमा मात्र सर्दछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top