×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सन्दीप विक्षिप्त र अस्वस्थ र षड्यन्त्रको शिकार

१० आश्विन २०७९

१० असोज, काठमाण्डौ ।
बलात्कारको आरोपसहित एक १७ वर्षीया नाबालिकले प्रहरीमा जाहेरी दिएपछि प्रहरीको खोजीमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू जतिसक्दो चाँडो नेपाल फर्किएर झूटा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका छन् ।

वेस्टइन्डिजबाट नेपाल फर्किने बताएको झन्डै तीन साता पुग्न लाग्दा समेत प्रहरी र क्रिकेटसंघको सम्पर्केमा नरहेका सन्दीपका बारेमा विभिन्न टिकाटिप्पणी भईरहेको अवस्थामा सन्दीपले सामाजिक संजालमार्फत नेपनल फर्किने र झूटा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका छन् ।

Advertisement
Advertisement

अहिले आफू मानसिकरुपमा विक्षिप्त र अस्वस्थ समेत रहेकाले आइसोलेसनमा रहेको उनले जानकारी दिएका छन् । आफू रहेको स्थान नखुलाइकन सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै सन्दीपले यस्तो बताएका हुन् । उनले कसुर प्रमाणित नभइकन आफूलाई अपराधिका रुपमा चित्रण गरिएकोमा गुनासोसमेत गरेका छन् ।

आफू विरुद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले, आफ्नो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आएको उनले बताएका छन् ।

‘मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र म विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन,’ सन्दीपले भनेका छन् । यी सबै कुराले आफूलाई मानसिक असर परेको र खराब स्वास्थ्यका कारण आफूलाई आइसोलेसनमा राखेर बसेको उनले बताएका छन् ।

‘झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरूको सरसल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ । जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु,’ उनले भनेका छन् ।

आफू एउटा गम्भीर षडयन्त्रको शिकार भएको महसुस भएको पनि सन्दीपले बताएका छन् । आफूmलाई अपराधी साबित गराउने झुट्टा जाहेरी र प्रपञ्चहरूको कानुनी लडाइँ लड्ने उनको भनाइ छ । ‘मैले बुझेसम्म नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसुर दार नमानिने व्यवस्था गरेको छ । साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धी हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हकसमेत रहेको बुझेको छु,’ उनले भनेका छन् ।

आफूविरुद्द अफवाह फैलाउने समाचारहरू सम्प्रेषण नगरी दिन हुन उनले सबैमा अनुरोध गरेका छन् । भदौ २३ गते उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी भएपछि उनले आफू निर्दाेष रहेको भन्दै नेपाल फर्किन लागेको बताएका थिए ।

उनीविरुद्ध १७ वर्षीया एक किशोरीले भदौ ५ गते आफूलाई काठमाडौंको एक होटलमा लगी पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै प्रहरी वृत गौशालामा उजुरी दिएकी थिइन् ।उनले भदौ २१ गते उजुरी दर्ता गराएकी थिइन् । सन्दीप भदौ ६ गते टी–२० क्रिकेट खेल्नका लागि केन्या गएका थिए ।

उनी केन्याबाटै क्यारेबियन लिग खेल्न वेस्ट इन्डिज गएका थिए । खेल खेल्न नपाउँदै आरोप लागेपछि उनी त्यहाँबाट हिँडेका थिए । भदौ २६ गते वेस्ट इन्डिजबाट हिँडेका लामिछाने अहिलेसम्म नेपाल बाहिरै रहेका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top