Nepal Times
Nepal Times
3
Shares

चलचित्र ‘प्रेमगीत ३’ को विवादास्पद समाचारप्रति बोर्डको ध्यानाकर्षण

चलचित्र ‘प्रेमगीत ३’ को विवादास्पद समाचारप्रति बोर्डको ध्यानाकर्षण

९ असोज, काठमाण्डौ ।

चलचित्र विकास बोर्डले शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘प्रेमगीत ३’ को सरोकारवालाले हिन्दी स्वरांकनको बिषयलाई लिएर बोर्डका पदाधिकारी तथा सदस्यहरूप्रति गरिएको भ्रामक, अतिरञ्जित, कपोकल्पित, लान्छनायुक्त, विवादास्पद समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष भुवन केसीले जारी गरेको विज्ञप्तिमा शुक्रबारदेखि रिलिजमा आएको ‘प्रेमगीत ३’ को कर चुक्ता नै नभएका कारण हिन्दी स्वरांकनलाई अनुमति नदिइएको समेत स्पष्ट गरिएको छ । कर चुक्ता हुनासाथ पुनः स्वरांकनको अनुमति शुक्रबार दिएको र आइतबार सेन्सर सिफारिसका लागि निवेदन दिएको समेत बोर्डले जनाएको छ ।

यस बिषयमा सञ्चारमाध्यममा आएका खबरहरूलाई लिएर बोर्डले खेद प्रकट गरेको छ । साथै, आगामी दिनमा समाचार प्रकाशन, प्रशारण तथा टिका टिप्पणी गर्दा सत्य तथ्यका आधारमा रही गर्न समेत बोर्डले सबैलाई आग्रह गरेको छ ।
बोर्डको विज्ञप्ति

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.