प्रचण्डलाई कसले दियो प्रधानमन्त्रीको अफर ?

१० असोज, काठमाण्डौ ।

आसन्न प्रतिनिधि सभाको निर्वाचन पछि आफूलाई प्रधानमन्त्रीको दाबेदारका रुपमा उभ्याउदै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई अहिले पनि प्रधानमन्त्रीको अफर रहेको दाबी गरेका छन् ।

उनले कहाँबाट त्यस्तो अफर आएको भने खुलाएका छैनन् । निर्वाचन क्षेत्र चितवन पुगेका प्रचण्डले प्रेस सेन्टरद्वारा आयोजित दशैँको शुभकामना कार्यक्रममा राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण र आर्थिक समृद्धि आफ्नो प्रतिबद्धता भएको बताएका छन् ।

‘चाहेको भए ७४ को चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो, अहिले पनि छ । म प्रधानमन्त्रीको रेसमा छैन । राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो फैसला तपाईँहरूको हातमा छ । शान्ति प्रक्रियामा गिरिजासँग सम्झौता गर्दै गर्दा मैले जनताको फैसला मान्छु भनेर गरेको हुँ ।’

अबको दशक आर्थिक क्रान्तिको दशक भएको भन्दै प्रचण्डले जीवनको उत्तरार्द्धमा अब त्यसमा लाग्ने बताए । चितवनलाई विकासको मोडलको रूपमा विकास गर्न चाहेको भन्दै उनले भने, ‘कसले के भन्छ भन्दा पनि कसले के गर्छ भन्नेले निर्णय गर्छ । भरतपुर महानगर र चितवनमा के भइरहेको छ भनेर यहाँको विकासले बोलिराखेको छ । देशको मध्यभागमा रहेको चितवनको विकासको मोडल देशभरका लागि सन्देश बन्नुपर्छ । यो चितवनको मात्र होइन राष्ट्रको सवाल हो । राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वयमा छु । समृद्धिका लागि खरबौंको परियोजना कसरी ल्याउन सकिन्छ भनेर लागेको छु ।’

संविधान उल्ट्याउन, गणतन्त्र कमजोर पार्न र नेतालाई बदनाम गर्न एकथरी लागेका भन्दै प्रचण्डले त्यसका लागि सामाजिक सञ्जाललाई माध्यम बनाइएको बताए । पाँच दलीय गठबन्धनबाट आगामी प्रधानमन्त्री को हो भन्ने विषयमा निष्कर्ष ननिस्किएको अवस्थामा प्रचयडले आफू प्रधानमन्त्रीको रेसमा नभएको बताउनुले गठबन्धनभित्र प्रचण्डको विकल्पमा अन्य नेताहरुलाई अघि सार्ने समझदारी रहेको विश्लेषण गरिएको छ ।

यसअघि प्रचण्डले आफू निर्वाचनपछिको सरकारको प्रधानमन्त्रीको दाबेदार रहेको सार्वजनिक रुपमै अभिब्यक्ति दिएका थिए । केही दिन अघि मात्रै काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई देशको प्रधानमन्त्री बन्ने इच्छा रहेको बताउदै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत आवश्यकताको आधारमा वचन दिएको दावी गरेका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top