नोबेलमा पहिलो पटक मुटुको दुर्लभ उपचार

विराटनगर,भदौ ८
बिराटनगरको नोबेल शिक्षण अस्पतालले मुटुरोगको दुर्लभ मानिने उपचार सफलतापूर्वक गरेको छ । मुटुको अत्याधिक चाल बढेर उपचारका लागि नोबेल पुगेका मोरङ मधुमल्लाका पिआर आचार्यको छातिमा आईसीडी राखेर मुटुको चाल सामान्य बनाईएको हो ।

वेलावेला मुटुको चाल अत्याधिक बढेर बिरामीको ज्यानै जानसक्ने खतरा भएपछि मुटुको चाल नियन्त्रण गर्न बिषेश प्रकारको डिभाईस (आईसीडी) राख्ने गरिन्छ । जुन नेपालका बिरलै मात्र अस्पतालमा राखिने गरिएको चिकित्सकहरुको भनाई छ । मुटुको अत्याधिक चाल बढेपछि आचार्य उपचारका लागि नोबेल अस्पताल गएका थिए ।

आचार्यको छातीमा आईसीडी राखेर बिशेष तारको माध्यमबाट मुटुमा जोडी मुटुको अत्याधिक चाल कम गरिएको नोबेल अस्पतालका डा.सहदेव ढुंगानाले बताए । नोबेल अस्पतालमा पहिलो पटक आईसीडी राखिएको हो । नेपालका १, २ वटा अस्पतालमा मात्र यो उपचार हुने गरेको छ । मुटुको चाल बढ्ने संकेत पाउँने बित्तिकै उक्त डिभाईसले तत्काल काम गरेर मुटुलाई सामान्य चालमा फर्काउने गर्दछ । जसका कारण बिरामीलाई मुटुको चाल बढ्ने समस्या हुन नपाउँने र सोहि कारणबाट मृत्यु नहुँने चिकित्सकहरु बताउँछन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

सम्बन्धित समाचार

Scroll to Top