सागर र दिपेन्द्रको विस्फोटक ब्याटिङ् , नेपालले दियो ३२४ रनको लक्ष्य

काठमाडौं,भदौ ८
श्रीलंकामा अभ्यासका क्रममा रहेको नेपाली क्रिकेट टोलीले श्रीलंकाको स्थानीय ब्लुमफिल्ड क्रिकेट क्लबलाई ३२४ रनको लक्ष्य दिएको छ । ब्लुमफिल्ड क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३२३ रन बनाएको होे ।

Advertisement

नेपालका लागि सागर पुन र दिपेन्द्र सिंह ऐरीले विस्फोटक पारी खेलेपछि ब्लुमफिल्डलाई बलियो चुनौती पेश गर्न सफल भएको हो ।३२३ रनको योगफल खडा गर्नेे क्रममा दिपेन्द्र सिंह ऐरीले १२१ रन बनाए भने सागर पुनले ९२ रन बनाए ।

त्यस्तै अन्य खेलाडीमा करन केसीले २६ रन बनाए भने कप्तान पारस खड्काले २३ रन बनाए । ओपनिङ ब्याट्सम्यान अनिल कुमार शाहले १७ र रोहित कुमार पौडेलले ११ रन बनाएका थिए । बलिङमा ब्लुमफिल्डका लागि सनोज दर्शिकले ३ विकेट लिए भने लाहिरु सञ्जय फर्नान्डोले २ विकेट लिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top