×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शतकका वाबजुद भारतसँग हार्यो दक्षिण अफ्रिका

१७ आश्विन २०७९

१७ असोज,एजेन्सी ।
दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला घरेलु टोली भारतले जितेको छ । गएराति भएको दोस्रो टी–२० मा पाहुना टोली दक्षिण अफ्रिकालाई १६ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला २–० ले जितेको हो । आइतबार गुवाहाटीमा भएको खेलमा छक्का, चौका र रनको वर्षा भयो ।

भारतबाट १३ र दक्षिण अफ्रिकाबाट १२ गरि कुल २५ छक्का प्रहार भए । भारतका तीन र दक्षिण अफ्रिका एक खेलाडीको २ सय माथिको स्ट्राइक रेटमा रन जोडे । भारतले २५ र दक्षिण अफ्रिकाले १५ गरि कुल ४० चौका प्रहार भए । खेलमा तीन अर्धशतक र एक शतक प्रहार भयो । दक्षिण अफ्रिकाले भारतमा पहिलो पटक टि२० आई सिरिज गुमाउन पुग्यो ।

Advertisement
Advertisement

डेथ ओभर अर्थात १६ देखि २० ओभरमा टि२० इतिहासकै सर्वाधिक बढी रन बन्यो । भारतले डेथ ओभरमा ८२ र दक्षिण अफ्रिकाले ७८ गरि कुल १० ओभरमा १ सय ६० रन बनेको थियो । यसअघि डेथ ओभरमा अष्ट्रेलिया र पाकिस्तानबीच सन् २०१० मा १ सय ४८ रन बनेको थियो ।

हिजोको खेलमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित रहँदै १ सय ६ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । यस्तै क्विन्टन डी ककले अविजित रहँदै ६९ रनको अर्धशतकीय पारी खेले । भारतका अर्शदीप सिंहले २ तथा अक्षर पटेलले १ विकेट लिए ।

Advertisement

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले ६१ तथा केएल राहुलले ५७ रनको अर्धशतकीय पारी खेले । विराट कोहली ४९ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका केशव महाराजले २ विकेट लिए । भारत पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टी–२० आज हुँदैछ । त्यसपछि तीन एक दिवसीय खेल हुनेछ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top