नक्कली औषधि बिक्री प्रकरणमा अभियोग नै कमजोर

नक्कली औषधि बिक्री प्रकरणमा अभियोग नै कमजोर

विराटनगर ः गत साउन १३ गते नक्कली औषधि बिक्री प्रकरणमा पक्राउ परेकाहरुलाई अभियोग कमजोर पारेर मुद्धा दायर गरेको पाईएको छ । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

मानव स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने नक्कली औषधि बिक्री बितरण गरेको आरोपमा पक्राउ परेकाहरु विरुद्ध दायर गरिएको मुद्धाको अभियोग नै कमजोर पाईएको हो ।
साउन १३ गते राती प्रहरीले न्युरो,गोल्डेन, म्याक्स,विराट नर्सिङ होम र विराट मेडिकल कलेज भित्रका फार्मेसीले जीवन रक्षाका लागि प्रयोग गरिने महंगा औषधि को नक्कली लेबल र स्टीकर प्रयोग गरेको बरामद गरेको थियो ।

औषधि प्रकरणको १७ दिन अनुसन्धान गरेको औषभि व्यबस्था शाखा कार्यालयले साउन ३० गते जिल्ला अदालत मोरङमा पाँच जना विरुद्ध ‘अवैध रुपमा विना दर्ताको औषधि पैठारी,खरिद, बिक्री बितरण तथा सञ्चय गरेको मुद्धा दायर गरेको थियो ।औषधि कारोबारको बिषयमा अनुसन्धान गर्ने अधिकार नभएको प्रहरीले कारबाही प्रक्रिया अघि बढाउन नक्कली औषधि कारोवार भएको विवरण सहितको प्रमाण औषधि व्यवस्था विभाग क्षेत्रिय कार्यालयमा बुझाएको थियो ।

तर औषधि व्यबस्था विभागले तयार पारेको ६ पृष्ठ लामो अभियोग पत्रमा नक्कली शब्द कतै उल्लेख छैन । मुद्धा दायर गर्दा पनि अबैध पैठारी र खरिद बिक्री तथा संचय गरेको उल्लेख छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.