×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आजीवन कुर्सीमा बस्ने गलत परम्परा तोडेँको बाबुराम भट्टराईको प्रष्टोक्ती

२३ आश्विन २०७९

२३ असोज,काठमाण्डौ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै आफूले यसपटक निर्वाचनमा उम्मेदवारी नदिएको बताएका छन् ।आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी दर्ताका लागि गोरखा आएका उनले आफ्नो निर्वाचन क्षेत्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाड्न पाउँदा आफू निकै हर्षित भएको समेत बताएका छन् ।

Advertisement
Advertisement

‘आजीवन कुर्सीमा बस्ने गलत परम्परालाई एकपटक तोड्नै पथ्र्यो, म अवसर पर्खेर बसिरहेको थिएँ’, उनले भने, ‘कमरेड प्रचण्ड जो अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति प्राप्त हुनुहुन्छ उहाँजस्तो व्यक्तिलाई मैले प्रतिनिधित्व गरेको ठाउँ हस्तान्तरण गर्न पाउँदा म अत्यन्त खुशी छु ।’

Advertisement

छोटो अवधिमा भएपनि आफ्नो पालामा गोरखामा विकासका केही पूर्वाधार बनेको बताउँदै उनले प्रचण्डको आगमनले त्यही जगमा टेकेर समृद्धिको महल खडा हुने बाटो खुलेको समेत बताए ।‘गोरखाले अब साच्चै नै इतिहास निर्माण गर्ने अवसर पाएको छ, समृद्धिको युगमा नयाँ उत्साह हासिल गर्न अब गोरखाले त्यो अवसर पायो त्यसका लागी म हर्षित छु’, भट्टराईले भने । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनी गोरखा–२ मा प्रचण्डका प्रस्तावक समेत रहेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top