×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

एमालेमा प्रभु साहको विद्रोहले मधेसमा हलचल

२४ आश्विन २०७९

२४ असोज, काठमाण्डौ ।

टिकट वितरणमा देखिएको असन्तुष्टिकै कारण सुदूरपश्चिम एमालेमा भाडभैलो मच्चिदा मधसश प्रदेशमा पनि एमालेमा संकट निम्तिएको छ । मधेसमा प्रभु साहले विद्रोह गरेपछि एमालेमा पहिरो जाने संकेत देखिएको छ । एमाले पोलिटब्यूरो सदस्य रहेका साहले आइतबार रौतहट ३ बाट आफू एक्लो स्वतन्त्र उमेद्वारको मनोनयन दर्तामात्रै गरेनन् आफ्नो समूहलाई नै रौतहटको ६ वटा क्षेत्रमा बागी उठाएका छन् ।

Advertisement

यसले एमालेलाई मात्रै होइन उसंग चुनावी गठबन्धन गरेको जसपालाई पनि ठूलै झट्का लागेको छ । जबकी शनिबारसम्म पनि साह आफू पक्षीय नेताहरुलाई टिकट दिलाउन पार्टीमा संघर्षरत थिए । तर आइतबार उनले एमाले त्यागेको घोषणासहित स्वतन्त्र मनोनयन दर्ता गराए । एमालेका केन्द्रीय नेता घनश्याम भुसालले पार्टी छाडेको भोलिपल्ट साहले पनि पार्टी परित्याग गरेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)सँग एमालेले चुनावी तालमेल गरेपछि आफूले पार्टी परित्याग गरेको उनले बताएका छन् । साहको समूहले जसपालाई दिइएको १६ वटै निर्वाचन क्षेत्रमा आइतबार स्वतन्त्र उम्मेदवारी समेत दिएको उनले जानकारी दिए ।

उनले भने, ‘नेकपा एमाले जनताको बलमा एउटा ठूलो शक्ति बन्छ भनेर पार्टीमा लागेंको हुँ तर, जसपासँग तालमेल गरेपछि यसले चुनाव जित्नका लागि जे पनि गर्दोरहेछ भन्ने स्पष्ट भयो । जसपा साम्प्रदायिकता फैलाउने शक्ति हो । यहाँका मुख्यमन्त्री नै भ्रष्ट नम्बर एक हुन् ।’ ‘जसपाको कुनै विश्ववसनीयता छैन भनेर मैले केपी ओलीलाई पटक–पटक भनें । जसपासँगै मिल्ने हो भने त विचार र राजनीतिको भन्दा पनि चुनावकै लागि रहेछ नि त तपाईहरुको पनि राजनीति । तर, उहाँले मान्नुभएन र छलफल अगाडि बढाइराख्नुभयो । त्यसैले जति ठाउँमा जसपाका उम्मेदवार छन्, ती सबै ठाउँमा बागी उम्मेदवार उठाइएको छ ।’ यता एमालेका नेताहरुले भने साहले एमालेलाई धोका दिएको बताएका छन् ।

एमालेका एक नेताका अनुसार साहले शनिबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको तीनवटा टिकट लिएर गएका थिए । उनी रौतहटको प्रतिनिधि सभामा उनको र प्रदेश सभा अन्तर्गत रौतहट क्षेत्र नम्बर ३ (क) र (ख) को पनि टिकट लिएर गएका थिए ।

उनले आफूले लगेको टिकट सार्वजनिक नगरी आँफैसँग राखेर स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।’ एमालेले दिएको टिकटलाई अस्वीकार गरे पनि साहले एमालेमै रहने बाटो भने बन्द गरेनन् । त्यसका लागि उनले स्वतन्त्र उम्मेदवारहरू त्यस्ता क्षेत्रमा मात्रै खडा गरेका छन्, जहाँ एमालेसँगको तालमेलमा जसपाले टिकट पाएको छ ।

एमालेकै उम्मेदवार भएका ठाउँमा समर्थन जनाएका कारण साहलाई चुनावपछि एमालेमै सक्रिय भएर राजनीति गर्न व्यवहारतः अप्ठ्यारो हुने छैन् । तर यसले एमाले र जसपाको गठबन्धनमा भने प्रभाव पार्ने छ । लामो समयदेखि रौतहटमा माधव नेपाल र प्रभु साहबीच राजनीतिक पकड बनाउने विषयलाई लिएर प्रतिस्पर्धा जारी छ ।

Advertisement

मधेशमा एमालेलाई बलियो बनाउने र त्यसको नेतृत्व आफूले गर्ने साहको चाहाना छ । त्यसको प्रयासस्वरुप उनले पछिल्लो समय मधेश प्रदेशमा एमाले प्रवेशको लहर नै चलाएका थिए । साह मधेश प्रदेशमा कुनै पार्टीसँग पनि चुनावी तालमेल गर्न नहुने पक्षमा थिए । तर, एमाले नेतृत्वले साहको चाहना सदर गरेन् । त्यसपछि उनले एमालेसँग विद्रोह गर्ने निर्णय गरेका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top