प्रदेश १ को सबैभन्दा ठूलो बसपार्क निर्माण सम्पन्न

गाईघाट, भदौ ९
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा प्रदेश नं १ कै ठूलो बसपार्कको निर्माण सम्पन्न भएको छ । पुर्णरुपमा निर्माण सम्पन्न भएको बरुवा बसपार्क असोज १ गतेबाट सञ्चालनमा आउने भएको छ ।

बसपार्क निर्माणको लागि शहरी विकास मन्त्रालय र त्रियुगा नगरपालिकाले गरी कूल रु एक करोड बजेटमा बसपार्क निर्माण सम्पन्न भएको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष पशुपतिकुमारी चौधरीले बताइन् ।आठ बिगाहा सोह्र कठ्ठा जग्गाको बृहत क्षेत्रफलको उक्त बसपार्कको टिकट काउण्टर हल, यात्रु प्रतिक्षालय, सार्वजानिक शौचालय निर्माण पूर्णरूपमा सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका सदस्य ज्ञानबहादुर राउतले बताए ।

१ नं प्रदेश सरकारले समेत बसपार्कको बाहिरी कम्पाउण्ड घेराबेराका लागि रु २० लाख बजेट बिनियोजन गरेको छ ।बरुवा बसपार्क हालको सुनसरी चतरा, गाईघाट, कटारी, हेटाँैडा हुँदै राजधानी काठमाडाँै जोड्ने वैकल्पिक राजमार्गलाई ध्यानमा राखेर १ नं प्रदेशकै बृहत र सबैभन्दा ठूलो बसपार्क निर्माण गरिएको त्रियुगा नगपालिकाका मेयर बलदेव चौधरीले बताए ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top