×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

अर्बपति विनोद चौधरीको चुनावी अंकगणित

२८ आश्विन २०७९

२८ असोज , काठमाण्डौ ।
उद्यम व्यवसायको क्षेत्रमा देशविदेशमा सफलता पाएका उद्यमी व्यवसायीले यसपाली पनि नेताहरुसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उद्यमी व्यवसायीहरु चुनावी प्रतिस्पर्धामा सहभागी भएका हुन् ।

यस्ता उद्योगी व्यवसायीमध्ये आसन्न चुनावमा नेपालका एक मात्रै अर्बपति विनोद चौधरी प्रतिनिधिसभातर्फको नवलपरासी–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । ६७ वर्षीय चौधरीलाई सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले उम्मेदवार बनाएको हो ।

Advertisement
Advertisement

नेपालबाट उदाएर बहुराष्ट्रिय कम्पनीहरु संचालन गर्ने चौधरी ग्रुपका अध्यक्ष समेत रहेका चौधरी यसपालि चतुर राजनीतिक खेलाडी हृदयेश त्रिपाठीसँगको प्रतिस्पर्धामा उभिएका छन् । अर्बपति व्यवसायी चौधरीसँग संसद फेस गरेको अनुभव १० वर्षभन्दा पुरानो छ ।

तर जनताबाट प्रत्यक्ष चुनाव जितेर नभई समानुपातिकको सिढी चढेर उनी माननीय बनेका छन् । उनी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट सभासद भएका थिए ।

त्यसपछि २०७४ मा भएको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट समानुपातिकको सांसद भए । अहिले उनी नेपाली काँग्रेसको केन्द्रीय सदस्य पनि हुन् । चौधरीसँग प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फको निर्वाचन लडेको अनुभव छैन ।

उनी पहिलो पटक प्रत्यक्ष तर्फको निर्वाचन लड्दै छन् । उनी निर्वाचन लड्न लागेको नवलपरासी जिल्ला भने चौधरीका लागि नौलो होइन । र, सो जिल्लाका मतदाताका लागि पनि चौधरी नयाँ पात्र पनि होइनन् । किनभने नवलपरासीमा चौधरी ग्रुपका धेरै उद्योग प्रतिष्ठानहरु छन् ।

त्यसैको आडमा चौधरी त्यस क्षेत्रमा मतदाताको मन जित्ने प्रयासमा छन् । उनले सो क्षेत्रमा सामाजिक, विकास, पूर्वाधार र रोजगारीका कामहरु धेरै गरेको स्थानीयहरु बताउँछन् । तर, व्यवसायिक जगतका सफल खेलाडी चौधरीलाई राजनीतिक जगतका चतुर खेलाडी हृदयेश त्रिपाठीसँगको प्रतिस्पर्धा आफैमा उनले सोचे जस्तो धेरै सहज नहुन सक्छ ।

गत निर्वाचनमा एमालेको समर्थनमा सोही क्षेत्रबाट निर्वाचित सांसद त्रिपाठीले यसपाली पनि एमालेको समर्थन पाएका छन् । २०७४ को चुनावमा एमालेको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका त्रिपाठीले यसपटक भने आफ्नै दल जनता प्रगतिशील पार्टीको चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्दैछन् ।

Advertisement

२०४६ सालको राजनीतिक परिवर्तनपछि पटक पटक मन्त्री र संसदीय समितिहरूको सभापति हुने मौका पाएका त्रिपाठी राजनीतिक रुपमा कमजोर खेलाडी भने होइनन् । मुख्य गरेर चौधरी र त्रिपाठीबीच प्रतिस्पर्धा हुने विश्लेषण गरिएको सो क्षेत्रबाट विभिन्न १० वटा पार्टीका र स्वतन्त्र ७ गरी १७ उम्मेदवारले प्रतिनिधिसभामा निर्वाचित हुन जनतामाझ पुगिरहेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top